मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:५४
वासिङटन डिसी 20:09

चीनमा बाढीका कारण बाउन्नको मृत्यु

इनेप्लिज २०७२ जेठ १० गते १५:२० मा प्रकाशित

china-badhi-finalबेइजिङ, १० जेठ । चीनमा पछिल्लो चरणको बाढीका समयमा तोकिएको सीमाभन्दा दोब्बर यात्रु बोकेको एक बस एक पोखरीमा खस्दा दुई स्कूले बालबालिकाको मृत्यु भएपछि मर्नेको सङ्ख्या ५२ पुगेको जानकारी अधिकारीहरूले दिएका छन् ।

चीनको मध्य तथा दक्षिणपूर्वी स्वायत्त छ प्रान्तका पहाडी जिल्लाहरूलाई यस बाढीले प्रभावित बनाएको छ भने यसका कारण छ व्यक्ति हराइरहेका छन् ।

यसै बाढीका कारण करिब दुई लाख ५० हजार स्थानीय वसिन्दालाई अस्थायी आवासमा सारिएको छ र यसले भवन तथा बालीलाई सबैभन्दा बढी क्षति पु¥याएको बताइएको छ ।

यी दुई स्कूले बालबालिकाका साथमा बाढी तथा घना वर्षाका कारण ४२ व्यक्तिको मृत्यु भएको छ । त्यसमा गुइयाङ नगरका नौ तले एक भवन भत्कदा मरेका १६ व्यक्तिलाई पनि समावेश गरिएको छ ।

हुनान प्रान्तमा एक बस रेलिङमा ठक्कर खाइ पल्टदा आठ व्यक्तिको मृत्यु भएको थियो ।

उक्त विद्यालयको बस दुर्घटनामा किन्डरगार्टेन विद्यालयका २१ बालबालिकालाई अस्पताल पठाइएको र तीनको अवस्था गम्भीर भएको गुआङ्सी क्षेत्रीय सरकारले जानकारी दिएको छ ।

उक्त बसमा ११ व्यक्ति बस्न अनुमति दिइएकोमा त्यसमा २६ व्यक्ति रहेको बताइएको छ ।

उक्त बसचालक, शिक्षक तथा विद्यालयका प्रशासकलाई हिरासतमा लिइएको जानकारी सरकारले दिएको छ ।

हाल विद्यालयहरूलाई ठूला क्याम्पसमा गाभी तिनीहरूलाई बालबालिकाको घरगाउँबाट निकै पर लग्न थालिएपछि अधिक बालबालिका बोकेका विद्यालयका बस दुर्घटना हुँदा निकै बालबालिकाको मृत्यु हुने गरेको छ ।

चीनमा प्रत्येक वर्ष मौसमी वर्षाले ठूलो बाढी उत्पन्न गराउने गर्छ । सन् १९९८ मा याङ्जे नदी किनारमा करिब चार हजार १५० व्यक्तिको मृत्यु भएको थियो ।

व्यापक थ्री गर्जेज बाँधले याङ्जेको बाढी नियन्त्रण गरेको छ भने मुलुकको अन्य भागमा समस्या कायमै छ ।

प्रतिक्रिया