शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:३९
वासिङटन डिसी 11:54

तल्लो तटीय क्षेत्रमा बस्ती स्थानान्तरण

इनेप्लिज २०७२ जेठ १० गते १५:१२ मा प्रकाशित

bamdevकाठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले कालीगण्डको तल्लो तटीय क्षेत्रका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभएको छ ।

राष्ट्रिय विपत् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको आजको बैठकमा उहाँले उक्त नदीको नियमित प्रवाह रोकिँदा धनको क्षति भए पनि जनको क्षति हुन नदिन सरकार क्रियाशील रहेको भन्दै उहाँले नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा सहज प्रवाहका लागि सबै स्रोत र साधनको प्रयोग गरिने बताउनुभयो ।

पहिरोका कारण नदी थुनिएको स्थानको आफूले स्थलगत निरीक्षण गरेर स्थानीय बासिन्दाका साथै स्थानीय प्रशासनलाई सचेत रहन र आवश्यक सहयोग गर्न निर्देशन दिएको बताउनुभयो ।

स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाएको र थप क्षति हुन नदिन हरसम्भव प्रयत्न गरिएको जानकारी दिँदै उहाँले कालीगण्डकी जलविद्युत् आयोजनालगायत अन्य भौतिक संरचनाको सुरक्षाका लागि पनि आवश्यक प्रयास गरिएको बताउनुभयो ।

थुनिएको नदी एकैपटक खुल्दा तल्लो तटीय क्षेत्रमा धेरै क्षति पुर्‍याउने र माथिल्लो तटीय क्षेत्रमा थप पहिरो जाने सम्भावनाई विचार गरी क्षति न्यून गर्न हरतरहले सरकार लागिपरेको उहाँको भनाइ थियो ।

बैठकमा सहभागी सांसदहरुले कालीगण्डकीका कारण मुलुकभित्र र बाहिरसमेत क्षति पुग्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया