सञ्चारमन्त्री भूकम्पपीडित बस्तीमा
काठमाडौँ, ९ जेठ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आज काभ्रेपलाञ्चोकका भूकम्प प्रभावित विभिन्न गाविसमा पुगेर पीडितका समस्याबारे जानकारी लिनुभएको छ ।
मन्त्री डा रिजालले भकुण्डेबेंसी, पात्लेखेत, कानपुर, सस्र्युंखर्क, पोखरीनारायण स्थान, चापाखोरी, मङ्गलटारलगायत स्थानमा पुगी भूकम्पपीडितलाई भेटी राहत तथा उद्धारमा भएका कामकारबाहीको जानकारी लिनाका साथै घरबारविहीन बनेकाहरुको स्वामित्वमा रहेका भौतिक संरचनाको अवस्था एवम् पुनःनिर्माण सम्बन्धमा पनि जानकारी लिनुभयो । उहाँसँगै स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना, नेपाली काँग्रेस काभ्रेका पार्टी सभापति शिवप्रसाद हुमागाईं, प्रहरी नायब उपरीक्षक राजकुमार केसीलगायत सहभागी हुनुहुन्छ ।
आज साँझैसम्म प्रभावित गाउँमा पुगी पीडितको उद्धार तथा राहत अवस्थाबारे बुझ्ने कार्यक्रम छ । मन्त्री डा रिजालले शुक्रब्ँर काभ्रेका पाँचखाल नगरपालिकाको होक्से, दोलालघाट, चण्डेनीमण्डन, महादेवस्थान, साठीघर भगवतीलगायत गाविसका दुर्गम गाउँमा पुगेर त्यहाँको वास्तविक अवस्थाबारे जानकारी लिनुभएको थियो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया