शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:३१
वासिङटन डिसी 21:46

डिसीबाट गएको भूकम्प पिडित उद्धार तथा राहत टोलि कर्मथलो अमेरिका फर्के

इनेप्लिज २०७२ जेठ ९ गते २:१५ मा प्रकाशित

IMG_2147

डिसीबाट गएको भूकम्प पिडित उद्धार एवं राहत टोलि करिब ३ हप्ता नेपालको बिभिन्न जिल्ला तथा गाउँमा राहत सामग्री वितरण ,स्वास्थ्य परिक्षण तथा अन्य सहयोग गरि आज उक्त टोलि अमेरिका आई पुगेको छ l

नेपालका भूकम्प ग्रस्त क्षेत्र तथा भूकम्पबाट निकै क्षति भएका जिल्ला तथा गाउँमा हजारौ भूकम्प पिडित परिवारलाई राहत पुर्याएको थियो l उक्त टोलीले कर्म थलो अमेरिका फर्कनु अगाडी प्रधान मन्त्री सुशील कोइराला तथा राष्ट्रपति राम बरण यादब संग पनि भेट गरेको थियो l

उक्त टोली नेपाल प्रस्थान गर्न गएका नेपाली समुदाय आज उक्त टोलि फर्कने भए पछि उनीहरुलाई बिमान स्थलमा स्वागत गर्न करिब ३ दर्जन भन्दा ज्यादा डिसी महानगर क्षेत्र वरपरका समुदाय सदस्यहरु पुगेका थिए l टोलि अवतरण भए पछि उनीहरुलाई बिमान स्थलमा भब्य स्वागत गरेका थिए l मात्री भुमि जानु अगाडी सामुहिक रुपमा सबैले राष्ट्रिय गित गाएका थिए l

प्रतिक्रिया