गुइयाङ्ग (चीन), ८ जेठ । चीनको दक्षिण–पश्चिमीे गुइचोउ प्रान्तको प्रान्तीय राजधानी गुइयाङ्गमा शुक्रबार बिहान एक व्यक्तिको शव निकालेपछि सो प्रकोपमा मारिने व्यक्तिको सङ्ख्या नौ पुगेको बताइएको छ ।
सो भवनको भग्नावशेषमा अझै सात व्यक्ति बेपत्ता भएका जनाइएको छ ।
दक्षिण–पश्चिमी चीनको गुइचोउ प्रान्तको प्रान्तीय राजधानी गुइयाङ्गमा अवस्थित एक नौ तले भवन स्थानीय समयाअनुसार गत बुधबार ११ः३० मा भत्किएको थियो ।
बुधबार बेलुका भत्किएको सो भवनको भग्नावशेषबाट ९८ जना व्यक्तिलाई सुरक्षित तरिकाबाट उद्धार गरिएको जनाइएको छ ।
उक्त भत्किएको भवनबाट नौ व्यक्तिको शव प्राप्त भएको जानकारी प्रान्तीय प्रहरीले दिएको छ । बेपत्ता व्यक्तिको जीवित उद्धार गर्न सकिन्छ भनेर उद्धार कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानदेखि सुरु भएको वर्षाले गर्दा उद्धार कार्यमा कठिनाई परेको जनाइएको छ । रासस÷सिन्ह्वा
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया