भूकम्पले मुलुकको अर्थतन्त्र दस वर्षपछि पर्‍यो: कृषिमन्त्री पराजुली

इनेप्लिज २०७२ जेठ ८ गते १४:०९ मा प्रकाशित

Hari-Pd-Parajuliभक्तपुर, ८ जेठ । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले विनाशकारी भूकम्पले देशको अर्थतन्त्र १० वर्षपछि धकेलिएको बताउनुभएको छ ।

पराजुलीले भूकम्प क्षति पु¥याएको भौतिक संरचनाको पुनः निमार्ण गर्न खर्बौं रुपैयाँ लाग्ने भएकाले त्यसले मुलुकको विकास निर्माणमा असर पर्ने बताउँदै देशको अर्थतन्त्र १० वर्षपछि धकेलिएको विश्लेषण गर्नुभएको हो ।

रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पराजुलीले भूकम्पपश्चात् देशको कृषि क्षेत्रले भोग्नु परेका पीडा कम गर्दै त्यसलाई सुधार गर्न देश–विदेश सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले सरकारले किसानलाई अप्ठेरो परेको बेला १४ जिल्लामा धानको बीउ निःशुल्क र मलको बोरामा ५० प्रतिशत छुट उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भूकम्पले कुल एक लाख ३५ हजार १८७ मेट्रिक टन खाद्यान्न नष्ट भएको र किसान मर्कामा परेको भए तापनि मुलुकमा खाद्यान्न सङ्कट भने नहुने दाबी गर्नुभयो ।

प्रतिक्रिया