बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु
इनेप्लिज
२०७२ जेठ ८ गते ९:४४ मा प्रकाशित
दमौली, ८ जेठ । पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्डअन्तर्गत पर्ने तनहुँको ब्यास–१ तालघरेमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
ठक्करबाट मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका–९ बस्ने ३३ वर्षीय सुरजकाजी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलको पछाडि बस्ने काठमाडौँ महानगरपालिका–६ बस्ने ३१ वर्षीय जुनाकुमारी श्रेष्ठको दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौँ जाँदै गरेको ग३प ७८०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ४९४२ नम्बरको बसले उक्त ठाउँमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया