भूकम्प पीडितको दुःख बिर्साउन ‘सेभ नेपाल’ म्युजिक भिडियो (हेर्नुस भिडियो)
काठमाडौं । गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्पले तहस नहस पारेको अवस्थामा नेपाली जनताको हौसला र आत्मविश्वास बढाउन अस्ट्रेलियामा रहेका नेपाली युवाले म्युजिक भिडियो निकालेका छन् । मेलबर्नमा सिनेकर्मी निर्देशक जीवन रसाइलीको अगुवाईमा ‘सेभ नेपाल’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । यसअघि अडियो मात्र निकालिएको उक्त गीतमा टंक बुढाथोकी र अनु ढकालको स्वर सुन्न सकिन्छ । टंक स्वयंको शब्द अनि संगीतमा बनेको उक्त गीतको भिडियोलाइ जीवन आफैले निर्देशन गरेका छन । अस्ट्रेलियाको मेलबोर्नमा रहेका नेपालीहरुको अभिनय फिचारिंगमा यो भिडियो तयार पारिएको हो । भिडियोमा नेपालका भूकम्प प्रभावित विभिन्न दृश्यहरु समेत देखाइएको छ । हाल चर्चित हुदै गएको उक्त भिडियो गीतमा सबैमा आपतको घडीमा डटेर सामना गर्न र नेपालको ईतिहास नबिर्शी एकजुट भई राष्ट्र निर्माणमा लाग्न आब्हान गरिएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया