नेपाली बक्सर पदक नजिक
इनेप्लिज
२०७२ जेठ ८ गते ९:२३ मा प्रकाशित
काठमाडौँ, ८ जेठ । प्रथम दोहा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका दिनेश श्रेष्ठ श्रीलङ्काका खेलाडीलाई पाखा लगाउँदै पदक नजिक पुगेका छन् ।
कतारको राजधानी दोहामा भएको सो प्रतियोगितामा नेपाली मुक्केबाज श्रेष्ठ ६० केजी तौल समूहमा श्रीलङ्काली खेलाडीलार्ई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । श्रेष्ठले श्रीलङ्काली खेलाडीलाई अङ्कका आधारमा पराजित गरेको नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
क्वाटरफाइनल चरणको खेलमा श्रेष्ठले मोरक्कोका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । सोही प्रतियोगितामा नेपालका अर्का मुक्केबाज विकास लामा भने श्रीलङ्काका खेलाडीसँग नै अङ्कका आधारमा पराजित भए । रासस
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया