डिसीबाट गएको भूकम्प पिडित राहत टोलि द्वारा प्रधान मन्त्रि तथा राष्ट्रपति संग भेटघाट

इनेप्लिज २०७२ जेठ ७ गते २३:१२ मा प्रकाशित

sagar 20डिसी महानगर क्षेत्रमा रहेका संघ-संस्था, चिकित्सक, स्वास्थ्य परिचारिका तथा स्वयंसेवकको पहिलो टोली भूकम्प ग्रस्त क्षेत्रमा अहोरात्र खटिई भूकम्प पीडितलाई राहत सामग्री ,स्वास्थ्य परीक्षण तथा बिभिन्न राहत सामग्री वितरण गर्न सफल भएको छ l

झन्डै ३ हप्ता सम्म बिभिन्न जिल्लाका बिभिन्न स्थान ,गाउँमा पुगी हजारौ भूकम्प पिडित परिवारलाई राहत प्रदान गरि काठमाडौँ फर्केका छन् l काठमाडौँ फर्के लगतै डिसीबाट गएको भूकम्प पिडित राहत टोलिले प्रधान मन्त्री सुशील कोइरालालाई भेट गरि राहत सामग्री वितरण र सहयोग गरेको बारे जानकारी गराएको छ l

भेटघाट गर्ने क्रममा ,डिसी महानगर क्षेत्रको प्रतिनिधित्व गर्दै गएको अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष  सागर कंडेल ,पदम रेग्मी लगायत अन्य प्रतिनिधि रहेको उक्त टोलिले राष्ट्रपति राम बरण यादब संग पनि भेट गरेको छ l ३ हप्ता अगाडी उक्त टोली वाशिंगटन डिसीस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गर्न अगाडी राष्ट्रिय गित गाउदै गएका थिए भने बिदाई गर्न डिसी महानगर क्षेत्रका समुदायको बाक्लो उपस्थिति रहेको थियो l

sagar

भूकम्प पिडितलाई सहयोग गर्न नेपाल गएको टोलि शुक्रबार साँझ डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने जानकारी संस्थाका उपाधक्ष्य कलम भट्टर्राईले दिए l र ,उक्त टोलिले छिटै पत्रकार सम्मेलन गरि बिस्तृत जानकारी गराउने छ भनि भट्टराईले बताए l अमेरिका नेपाल सहयोगी समाजका संस्थापक सदस्य मधु पन्थीले पहिलो टोलि पछि दोश्रो टोलि जाने तरखरमा छ भन्दै सिन्धुपाल्चोकको सिपापोखरे गाविस लाई नमुना गाउँ बनाउने योजना पनि रहेको बताए l

३ हप्ता अगाडी सम्म संस्थाको नेतृत्वमा ५० लाख उठेको बताईएको थियो l पन्थीले ताजा जानकारी दिए अनुसार करिब ७५ हजार डलर (झन्डै ७५ लाख नेपाली रुपैया )उठी सकेको बताउदै यो क्रम जारी रहने बताए l

स्थानीयस्तरमा पुगेर सबैलाई समानरूपले राहत वितरण गर्न सिन्धुपाल्चोकको सिन्धु उत्थान केन्द्रले अहम भूमिका निर्वाह गरेको थियो l डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको नेतृत्व ,डिसी नेपाली समाजको सहयोग तथा बिभिन्न संघ ,संस्था ,ब्यबसायी तथा व्यक्तिहरुको आर्थिक सहयोगको कारण यति ठुलो रकम उठाउन सफल भएको बताएका छन् l

sagar1

प्रतिक्रिया