नेपालमा ऐतिहासिक अहिंसा यात्रा

इनेप्लिज २०७२ जेठ ७ गते १४:३५ मा प्रकाशित

अहिंसा यात्रामा जैन सन्तहरुका साथमा (3)देवर्षि । काठमाडौं । जैन धर्म ॐकार परिवारमध्येको एक परिवार हो । जसका प्रथम तीर्थङ्ककरको रूपमा ऋषभदेवलाई लिइन्छ भने २४ औं तीर्थङ्करको रूपमा महावीरलाई मानिएको छ । जैनधर्मको तथा दर्शन र सिद्धान्तलाई नेपालभूमि एवम् नेपालीहरूले राम्रो अवलम्बन गरेको

अहिंसा यात्रा (2)पाइन्छ । नमिनाथ र मल्लिनाथ जैनधर्मका २४ तीर्थङ्करमध्ये नेपालभूमिका तीर्थङ्कर थिए । जसमा मल्लिनाथ मातृशक्ति हुनुहन्थ्यो । वर्तमानमा पनि जैनमार्गदर्शनलाई आत्मसात गर्ने धेरै नेपाली नागरिकहरू छन् । यो धर्मभित्रपनि अन्यमा जस्तै केही पन्थहरू छन् जसमा दिगम्बर र श्वेताम्बर मुख्य दुई हुन् ।

अहिंसा यात्रा (3)श्वेताम्बरभित्र पनि तेरापन्थ, स्थानिकवासी, मूर्तिपूजक पैदल यात्राको व्रतलाई पालना गर्ने साधुसाध्वीहरू पैदल हिँडेर तेरापन्थ जैन संघको २३७ वर्षको ईतिहासमा पहिलोपटक नेपालभूमिमा वि.सं. २०७२ सालमा आगमन भएको हो । ३७ जना साध्वी र आचार्य महाश्रमणसहित ४२ जना साधुहरूको आगमन रहेको सो यात्राको विशेष तयारी जैनसमुदायले गरेको छ । यात्रामा पाल्नुहुने जैन साध्वीहरूको संयोजन साध्वी श्री विश्रुतविभा (मुख्य नियोजिका) ले गर्नुभएको छ ।

अहिंसा यात्रा जैन सन्त (2)यसै गरी साधुहरूमा आचार्य महाश्रमण, मुनिहरूमा श्री धर्मरुची, श्री कमलकुमार, श्री धनञ्जयकुमार, श्री राजकुमार, श्री दीनेशकुमार, श्री ऋषभकुमार, श्री अशोककुमार, श्री कुमारश्रमण, श्री जयकुमार, श्री रजनिशकुमार, श्री योगेशकुमार, श्री आलोककुमार, श्री जितेन्द्रकुमार, श्री कीर्तिकुमार, श्री विश्वतकुमारलगायत हुनुहुन्छ । साधुसाध्वीहरूलाई ठूलो अपारश्रद्धा गर्ने नेपाली जैनसमुदायको र समग्र अहिंसाका पक्षधरहरूको लागि जैन मुनि आचार्य महाश्रमणसहितका साधुसाध्वीहरूको नेपालमा साक्षात्कार हुनु अहोभाग्य रहेको नेपाल जैन परिषद्का अध्यक्ष प्रतापसिंह तातेडले सञ्चारसमूहलाई व्यक्त गर्नु भएको छ ।

अहिंसा यात्रा जैन सन्तहरुका साथमाकरिपन सात महिनाको कार्यक्रम लिएर पाल्नुभएका जैन मुनिगणले बैशाख ६ गतेदेखि एक महिना लामो समय काठमाडौंमा विभिन्न सत्सङ्ग एवम् प्रवचनपूर्वक विताएर जेठ ७ मा काठमाडौंबाट विराट्नगरको लागि प्रस्थान गरेको बताइएको छ ।

अहिंसा यात्राकाठमाडौंदेखि विराट्नगरसम्मको अहिंसा पैदल यात्रालाई दुई महिनाको समय निर्धारण गरिएको कुरा मुनि अशोककुमारले बताउनु भएको छ । जैन मुनिगणको विराट्नगरमा चार महिना व्यतित गर्ने कार्यक्रम रहेक बताइएको छ । उहाँहरू यातायातका साधन प्रयोग गर्नुहुन्न भने भिक्षाटनबाट आएको सात्विक पदार्थमात्रै भोजन गर्नुहुन्छ ।अहिंसा यात्राको नाममा दशहजारभन्दा बढी किलोमिटर पैदलयात्रा सम्पादन गरिसक्नुभएका आचार्य महाश्रमण तेरापन्थ जैन सम्प्रदायका प्रमुख हुनुहुन्छ ।

अहिंसा यात्रामा जैन सन्तहरुविशेषतः अहिंसा, अनेकान्त र अपरिग्रहको आचरणलाई व्यवहारतः पालना गर्नुपर्ने सिद्धान्त रहेको जैनधर्मको सिद्धान्तलाई आत्मसात गर्ने जोकोहीलाई पनि उहाँले भेट्दर्शन दिनु भएको छ । प्राय सबैलाई मङ्गल आर्शिवचन दिनुहुने उहाँबाट भेट्को क्रममा दर्शनाभिलाषीलाई सदाचरणको मार्गदर्शन गर्नुहुन्छ ।

जैन सन्तहरुका अहिंसा यात्रा

काठमाडौंको बसाईमा उहाँलाई राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशिल कोइराला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, मन्त्रीहरू, सभामुखसहित सभासद् एवम् राजनीतिक र सरकारका उच्चकर्मचारीसहित सर्वसाधारणले दर्शन भेट् गरेको बताइएको छ ।

जैन सन्तहरु

प्रतिक्रिया