बिहीबार, साउन १४ २०७८
काठमाडौं ०३:११
वासिङटन डिसी 17:26

राष्ट्रपतिद्वारा घाइतेको अवस्थाबारे जानकारी

इनेप्लिज २०७२ जेठ ६ गते १५:०९ मा प्रकाशित

Rambaran-Yadavबनेपा, ६ जेठ । राष्ट्रपति डा. रामवरण यादवले भूकम्पमा परी घाइते भएर धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ्य स्थितिबारे आज जानकारी लिनुभयो ।

उक्त अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटेर विचलित नहुन आग्रह गर्दै उपचारमा संलग्न चिकित्सकलाई हौस्याउँदै मानवीय सेवालाई केन्द्रमा राखेर काम गर्न अनुरोध गर्नुभयो ।

घाइतेको अवस्था र उपचारका बारेमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु र अस्पतालका प्रशासकीय निर्देशक डा राजेन्द्र कोजुले जानकारी गराउनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले राष्ट्रपति डा यादवलाई जिल्लामा भूकम्पबाट भएको जनधनको क्षति र पीडितले भोग्नुपरेका समस्याबारे अवगत गराउनुभयो ।

प्रतिक्रिया