विपत्तिको समयमा नाफा गर्न खोज्नु अपराध हो: प्रधानमन्त्री कोइराला
काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिको समयमा पीडित जनतालाई सेवा गर्न छोडेर नाफाखोरी गर्ने प्रवृत्ति आपराधिक कार्य भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले बुधबार बिहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्पपीडितका लागि रकम सहयोग गर्न आएका विभिन्न संस्थाका प्रतिनिधिहरूको बीचमा बताउनुभएको हो ।
कोषमा एपेक्सको दस लाख सहयोग
विनाशकारी भूकम्पपीडित नेपालीलाई सघाउनका लागि एपेक्स कलेज काठमाडौँले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा कलेजका अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सो सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण समारोहमा सञ्चारमन्त्री डा रिजालले कलेजले गत वर्ष मुलुकमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको समयमा पनि योगदान गरेको स्मरण गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आएको बेलामा पीडितलाई सघाउनु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले सहयोगको यस्तो पुनित कार्यमा लाग्नुपर्ने बेलामा पनि कतिपय व्यक्ति नाफा कमाउन, पीडितका लागि जुटेको रकम र सामग्री हडप्न लागेका समाचार आएकाले त्यसप्रति चनाखो भएर निगरानी गर्न पनि आग्रह गर्नुभएको थियो ।
उहाँले सो अवसरमा स्वदेश र विदेशबाट हरेक नागरिकले आफ्नो पारिश्रमिक र गाँस काटेर दिएको रकम सदुपयोग गर्न सरकार प्रतिबद्ध रहेको तर सहयोगदाताले पनि यसमा निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कोषमा बोर्डको पाँच करोड
आज प्रधानमन्त्री राहत कोषमा नेपाल पर्यटन बोर्डले पाँच करोड रुपैयाँ योगदान गरेको छ । बोर्डका अध्यक्ष एवम् पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेशमान प्रधानले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
नाम्स र वीर अस्पतालको रु ३६ लाख सहयोग
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र वीर अस्पतालका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ लाख २३ हजार ४० रुपैयाँ ३१ पैसा सहयोग प्राप्त भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
माछापुच्छ्रेको छब्बीस लाख
आजै प्रधानमन्त्री राहत कोषमा माछापुच्छ्रे बंैक लिमिटेडले २६ लाख ३३ हजार ७४१ रुपैयाँ ५५ पैसा सहयोग गरेको छ ।
सो सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोको पनि उपस्थिति थियो ।
जिटिएल टेलिकमको बाह्र लाख पचास हजार
आजै जिटिएल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख ५० हजार योगदान गरेको छ ।
संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वोसन सिंह राणा र कम्पनी सचिव नारायण महतले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी, पेडियाट्रिक सोसाइटीले रु १२ लाख, बूढानीलकण्ठ स्कुलले रु सात लाख र गोङ्गबु आवास क्षेत्र सुधार समितिका तर्फबाट कोषमा १० लाख रुपैयाँ योगदान भएको छ ।
सो रकम समितिका अध्यक्षले प्रधानमन्त्री कोइरालालाई बुझाउनुभएको थियो ।
त्यस्तै, आजै ब्रह्माकुमारी राजयोग केन्द्र (ओम शान्ति परिवार)ले तीन लाख ३३ हजार ३१३ रुपैयाँको चेक पनि प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेको थियो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया