घरभाँडामा बस्ने युवकसँग स्वास्नी सल्किएको लोग्नेले थाहा पाएपछि…
चितवन, ६ जेठ । चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
उनीहरुलाई किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको उनले बताउनुभयो । स्थानीयले उनीहरुको संलग्नतामा ओमप्रकाशको हत्या गरेको आरोप लगाएका छन् ।
स्थानीयले मृतक रेग्मीकी श्रीमती इन्द्रा रेग्मी र भट्टबीच अनैतिक सम्बन्ध रहेको आरोप समेत लगाएका छन् ।
सो घटना श्रीमानले थाहा पाएपछि हत्या गरेको दाबी गरिएको छ । प्रहरीले भने अनुसन्धानपछि मात्रै एकिन हुने जनाएको छ । यद्यपी प्रहरीका अंशका पनि अनैतिक सम्बन्ध कै कारण हत्या भएको गरिएको छ ।
रोजगारीको सिलसिलामा भारतमा रहेका ओमप्रकाश रेग्मी भर्खरै घर आएका थिए । उनलाई जेठ १ गते मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । दैनिक नेपालबाट
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
अमेरिकाको साउथ क्यारोलाइनाको सानो शहरमा केही घण्टाभित्रै ४ किशोरहरुको गोली हानी हत्या
प्रतिक्रिया