बुधबार, साउन २० २०७८
काठमाडौं ०६:३९
वासिङटन डिसी 20:54

बोष्टनमा सुनिए साहित्यकार हरि अधिकारी

इनेप्लिज २०७२ जेठ ५ गते १६:११ मा प्रकाशित

2नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा चिरपरिचित नाम हो हरि अधिकारी / चोटिला कविता, रसिला कथा र सत्य तथ्य टिप्पणीकर्ता अधिकारी यतिखेर अमेरिका भ्रमणमा छन् / नेपाली समाजमा व्याप्त बहुपति प्रथा र बहुपत्नी प्रथाका बारेमा अमेरिकाको एक बिश्वबिद्यालयमा कार्यपत्र प्रस्तुत गर्न आएका अधिकारीले आइतबार साँझ बोस्टनमा कविता सुनाए / कविताका साथमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा चर्चा गरे / अध्ययन र अनुभवले खारिएका अधिकारीले बोस्टनका साहित्यकार र साहित्यिक अनुरागीलाई नेपाली साहित्यको आरोह अवरोहका बारेमा सुनाए / अधिकारीले आफ्ना नया/ पुराना कविताका साथमा बोस्टनका एक दर्जन कविको कविता पनि सुने र भने – समय सान्दर्भिक कविता सुन्न पाए, खुशी लाग्यो/

कार्यक्रममा डा. शिव गौतम, भारती गौतम, हरि थापा, दिनेश राजभण्डारी, गोवर्धन पूजा, कृष्णराज खनाल, दीपा राई पुन, ममता कर्माचार्य, हरि काफ्ले, सुशील नेपाल, श्री कृष्ण पाण्डे, उर्मिला पोख्रेललगायतले कविता सुनाए/ यस्तै बिमल नेपाल, ज्ञानप्रकाश शर्मा, भैरवी थापा, चिरन थापा, कुशल श्रेष्ठ, आँशुलक्ष्मी राजभण्डारी, सुवास पोख्रेल, सुमन नेपाल , जालप्रसाद घिमिरे , खगेन्द्रराज रेग्मीलगायतले अधिकारीसंगको अन्तरक्रियामा सहभागिता जनाए/

1

यस्तै सोमबार साँझ पनि अधिकारीसंग साहित्यिक छलफल गरिएको छ/ दक्षिणी बोष्टनको स्टोटनमा आयोजित कार्यक्रममा नेपालबाट आएका साहित्यकार पवन आलोक र श्रीमती आलोकका साथमा साहित्यकार शिबप्रकाश, श्रीमती कल्पना पौडेल र अजय आचार्यले पनि सहभागिता जनाए /

(तस्वीर सौजन्य : विमल नेपाल )

प्रतिक्रिया