शुक्रबार, साउन १५ २०७८
काठमाडौं १६:३५
वासिङटन डिसी 06:50

नेपाली क्रिकेट टोली अभ्यासको लागि भारत जाने

इनेप्लिज २०७२ जेठ ५ गते १३:३० मा प्रकाशित

Jaalmapoliticianकाठमाडौ, ५ जेठ । आईसीसी विश्व ट्वान्टी–ट्वान्टी छनोट र विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि नेपाली क्रिकेट टोली भारत जाने भएको छ । नेपाल क्रिकेट संघको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टिमलाई भारत पठाउने निर्णय गरेको हो ।
जुलाई ९ देखि २६ सम्म आयरल्यान्डमा विश्व ट्वान्टी–२० छनोट हुनेछ । नेपालले त्यसअघि नेदरल्यान्डमा गएर चार ट्वान्टी–ट्वान्टी म्याच खेल्ने तयारी गरिरहेको छ । विश्व ट्वान्टी–२० छनोट सकिएलगत्तै नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग २ एकदिवसीय खेल खेल्नेछ ।

क्यानका अनुसार विश्व ट्वान्टी–ट्वान्टी पूर्व नेपाली टिमलाई बेलायत र नेदरल्यान्ड्स पठाउने निर्णय भएको छ । साथै सो प्रतियोगिताका लागि विदेशी ब्याटिङ प्रशिक्षक र फिजियोलाई राख्ने निर्णय भएको छ ।

क्यानले महाभूकम्पका कारण भत्किएको क्रिकेटको भौतिक पूर्वाधारको क्षतिको पुनर्निर्माणमा सहयोग गर्न मलेसिया क्रिकेट बोर्डले गरेको प्रस्तावलाई पनि क्यानको कार्यसम्पादन बैठकले अनुमोदन गरेको छ । मलेसिया क्रिकेट बोर्डले नेपाल र विश्व–११ बीच मलेसियामा एकदिवसीय खेल खेल्ने प्रस्ताव गरेको थियो ।
साथै क्यानले जुलाईमा बंगलादेशमा हुने एसीसी लेभल ३ कोचिङ कोर्सका लागि नवीनकुमार सिंह र महेश रिजाललाई पठाउने निर्णय गरेको छ । दीपेन्द्र चौधरीलाई वैकल्पिकमा राखिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया