अफ्रिकन राष्ट्र मदागास्करमा बन्यो एनआरएनएको नया राष्ट्रिय समिति

इनेप्लिज २०७२ जेठ ४ गते २२:४७ मा प्रकाशित

unnamed

अफ्रिकन राष्ट्र मदागास्कारमा गैर आवासीय नेपाली संघको ७१औ शाखा गठन भएको छ | उक्त राष्ट्रमा रहेका नेपालीहरुको गत सप्ताहान्तमा भएको भेलाले एनआरएनए राष्ट्रिय समन्वय समिति मदागास्कारको गठन गरेका छन् | एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार शिव राज कंडेलको अध्यक्षतामा गठन भएको राष्ट्रिय समितिमा धन राज साँवा -उपाधक्ष्य ,दिपेन्द्र खतिवडा -महासचिब ,रमेश राई- सचिब ,पूर्ण बहादुर खडका -कोषाधक्ष्य र सदस्यहरुमा रमेश राना थारु ,धन बहादुर थापा ,पेम्बा शेर्पा ,गणेश सम्बाहाम्फे ,कृष्ण देव ,हेम बहादुर बुढाथोकी ,चन्द्र बहादुर खडका र योगेन्द्र बोगटी रहेका छन् |

त्यसै गरि आंग गेल्ज़ी शेर्पा र कर्ण शेर राई सल्लाहकारमा चयन हुनु भएको छ | भेलाले नेपालका भुकम्प पीडितका लागि रु ३ लाख ७० हजार सहयोग संकलन गरि एनआरएनए राहत कोष मार्फत नेपाल पठाएको छ |

प्रतिक्रिया