आइतबार, साउन १० २०७८
काठमाडौं ००:१५
वासिङटन डिसी 14:30

चौबीस घन्टाभित्र उद्धार र राहत वितरण संयन्त्र हुनुपर्छः देउवा

इनेप्लिज २०७२ जेठ ४ गते १५:२४ मा प्रकाशित

Rss_Images_1431946010092_KK-nuwakot-ncत्रिशूली (नुवाकोट), ४ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले यसभन्दा पनि ठूलो विपत्ति आउँदा २४ घन्टाभित्र उद्धार र राहत वितरण गर्ने गरी संयन्त्रको निर्माण गराउनुपर्ने बताउनुभएको छ ।

सदरमुकाम विदुरस्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा काँग्रेसले गठन गरेको केन्द्रीय अनुगमन समितिका संयोजक देउवाले अहिलेको भूकम्पबाट पाठ सिकेर अबको पुनःनिर्माणमा जुट्नुपर्ने बताउनुभयो । “अहिलेको भूकम्पबाट पाठ सिक्नुपर्छ, अब पुनःनिर्माणमा जुट्नुपर्छ” नेता देउवाले भन्नुभयो ।

नुवाकोटका ढुङ्गामाटाबाट बनेको सबै घर पूर्ण रुपमा क्षति भएको र पिलर भएका पक्की घरमा समेत क्षति पुगेकाले यो विपत्तिबाट बाहिर आउनका लागि पर्याप्त योजना सरकारले ल्याउनुपर्ने नेता देउवाले बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुननरसिंह केसीले पीडितलाई कम्तीमा टहरो बनाएर बस्नका लागि पनि राहत रकम छिटो आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सभासद् बहादुरसिंह लामा, डा प्रकाशशरण महत, काँग्रेस जिल्ला सभापति तथा सभासद् जगदीश्वर नरसिंह केसीले भूकम्पपछि जिल्लाको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

यसअघि नेता देउवालाई नुवाकोटको भूकम्पको असर र पीडितको अवस्था र राहतबारेमा प्रजिअ कोशहरि निरौलाले जानकारी दिनुभएको थियो । उहाँले विदुर–८ हात्तीगौँडामा भूकम्पपीडितसँग भेटघाटसमेत गरी पीडितको राय लिनुभएको थियो ।

प्रतिक्रिया