एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले टेक्सासका सबै नेपाली माझ एनआरएनलाई लैजाने बताउनुभएको छ । च्याप्टर अध्यक्ष निर्बाचित भए पश्चात आईतबार न्यूयोर्कमा सपथ ग्रहण गरेपछि अध्यक्ष लामिछानेले हिमालय खबरसंग कुरा गर्दै आफ्नो कार्यकालमा टेक्सासका सबै नेपाली माझ एनआरएन साझा संस्थाको रुपमा पुग्ने बताउनुभएको हो । पहिलो पटक एनआरएन अमेरिकाले बिभिन्न च्याप्टर नेतृत्वको निर्माण गरे पश्चात भएको निर्बाचनमा टेक्सास च्याप्टरबाट लामिछाने अध्यक्षमा भारी मतले बिजयी हुनुभएको थियो ।
लामो समय देखि टेक्सासमा रहेर ब्यवसायमा सकृय रहेका लामिछाने नेपाली समाज टेक्सासको सचिवका साथै बिभिन्न संस्थामा सकृय हुनुहुन्छ । अध्यक्ष लामिछानेका अनुसार टेक्सास मात्र लगभग ४०/४५ हजारको संख्यामा नेपाली रहेको अनुमान गरिएको भए पनि एनआरएन संख्या निकै थोरै रहेकोले आफ्नो कार्यकालमा टेक्सासबाट धेरै सदस्यता बनाउनुका साथै टेक्सासका नेपालीहरुसंग साझा संस्थाको आवास दिलाउने बिश्वास दिलाउनुभयो । नेपालको नुवाकोट स्थायी भएका लामिछानेले आफुलाई मतदान गर्ने सबैमा आभार समेत ब्यक्त गर्नुभएको छ ।
यसैबिच आईतबार नै न्युयोर्कमा डाक्टर केशब पौडेल नेतृत्वमा रहेको एनआरएन अमेरिकाको नयां टोलीका साथै बिभिन्न राज्यका प्रतिनिधिहरुले निर्बाचन आयुक्त बिनोद रोक्कासंगबाट सपथ लिएका थिए । एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले आज नै नया अध्यक्ष डाक्टर पौडेलेलाई जिम्मेवारी समेत हस्तान्तरण गर्नुभएको थियो ।
एनआरएन अमेरिकाको नव निर्वाचित पदाधिकारी र सदस्यहरू निम्नानुसार रहेकोछ:
अध्यक्ष: डा. केशब पौडेल (NM)
वरिस्ठ उपाध्यक्ष: कृष्ण पोख्रेल (NY)
क्षेत्रिय उपाध्यक्षहरू:
रबिना थापा (MD)
बन्दना कोईराला (NY)
दिल्लिराम भट्टराई (CA)
रामचन्द्र पोख्रेल (TX)
महासचिब: तिल (तिलक) बहादुर श्रेष्ठ (NY)
सचिब: शंकर खड्का (CA)
सह-सचिब: संगिता लम्साल सिवाकोटी (CA)
कोशाध्यक्ष: बेदराज बस्नेत (TX)
सह-कोशाध्यक्ष: प्रकाश साप्कोटा (CO)
पब्लिक रिलेशन तथा स्पोक्सपर्सन: रामप्रशाद खरेल (NY)
मिडिया कोअर्डिनेटर:सर्बज्ञ वाग्ले (CA)
युथ कोअर्डिनेटर: बर्षा मोक्तान तामाङ (PA)
महिला कोअर्डिनेटर: राधा पौडेल (TN)
बोर्ड अफ डाइरेक्टरहरू:
गोमा सेन (NY)
सुर्य (सल) लम्साल (NY)
हरिशचन्द्र हमाल (NY)
मोहनबहादुर ज्ञवाली (NY)
बिनोदकुमार तिवारी (CA)
शिवराज पौडेल (MD)
बिष्णुमान प्रधान (NY)
गोबिन्द श्रेष्ठ (GA)
सतेन्द्र शाह (NJ)
सुशिल रेग्मी (MD)
प्रतिक्रिया