शनिबार, साउन ९ २०७८
काठमाडौं १९:४९
वासिङटन डिसी 10:04

डिसीमा राजदूत डा. कार्कीसँग अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०७२ जेठ ४ गते १:३६ मा प्रकाशित

IMG_6264

डिसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीको आयोजनामा अमेरिकाका लागी राजदूत डा अर्जुन कुमार कार्की संग व्हाइट हाउस नजदिक रहेको आर्लिंगटन पुस्तकालयमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ l

अमेरिकामा आएका पुर्व अधिकांस राजदुतलाई सन् १९६७ मा स्थापना भएको अमेरिका नेपाल सोसाइटीले सर्व प्रथम डिसीमा भब्य स्वागत तथा सम्मान कार्यक्रम गर्दै आएता पनि विनासकारी भूकम्पको कारण देश शोकमग्न भएकोले स्वागत तथा सम्मान कार्यक्रमलाई थाती राखिएको आयोजकले बताएका छन् l महा भूकम्पबाट ज्यान गुमाएकाहरुका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कार्यक्रममा १ मिनेट मौन धारण गरिएको थियो भने अन्य बिषयमा भन्दा नेपालको भूकम्प ,सहयोग ,गतिबिधि तथा आर्थिक संकलन बिषयमा केन्द्रित रहेको थियो l

अन्तरक्रिया कार्यक्रममा बिदेशी अतिथिहरुमा आर्लिंगटन डेमोक्राटिक दलका अल फोन्सो लोपेजले १९७० मा आफु जन्मेको समयमा भर्जिनियामा ७२ प्रतिसत अमेरिकन (व्हाइट ) ,लेटिनोको जनसंख्या ०.९ र एसियनहरुको जनसंख्या ०.३ रहेको भन्दै अहिले आएर ६० प्रतिसत अमेरिकन ८.७ प्रतिसत लेटिनो र एसियनहरु ५.६ पुगेको बताए l अन्य अतिथिहरुले भूकम्पमा जन धनको ठुलो क्षति प्रति गहिरो दुख व्यक्त गर्दै ठुलो आर्थिक संकलन गरि रहेको बताएका थिए l

कार्यक्रममा भूकम्पबाट पिडित परिवारका सदस्यहरु जो अमेरिकामा कागजात नभएको कारण जान पाएका छैनन उनीहरुले भोग्नु परेका समस्या ,समाधान र आप्रवासन सम्बन्धि ऐ डा फराहानीले जानकरी गराएकी थिइन् l सभापति जीवन तिवारीले संस्थाको परिचय संक्षिप्त रुपमा दिदै राजदुत डा अर्जुन कुमार कार्कीलाई स्वागत गर्दै कार्यकालको सफलतको कामना दिएका थिए l कार्यक्रममा राजदुत डा कार्कीले महा-भूकम्प पश्च्यात नेपाल सरकारले गरेको उद्धार एवं राहत कार्यकम बारेमा जानकारी गराएका थिए भने अन्तरराष्ट्रिय समुदायको ठुलो सहयोग नेपालले प्राप्त गरेको बताए l यस्तो बिपत कहिले पनि कल्पना पनि गरिएको थिएन भन्दै एक आपसमा एकता देखाउनु पर्ने समय भएकोले बिदेशमा बस्ने नेपाली समुदाय सबैलाई एक जुट हुनु पर्छ भनि राजदुत कार्कीले बताए l

IMG_6268

यस्तो कठिन अवस्थामा सरकारलाई दह्रो बनाउनु पर्छ र सरकारलाई अझ जिम्मेबारी बनाउने विदेशमा बस्ने नेपालीको हो राजदुत डा कार्कीले भने l अमेरिका नेपाल सोसाइटीले ५ हजार डलरको चेक (धनादेश )नेपाली दुताबास द्वारा प्रधान मन्त्री राहत कोषमा रकम पुगोस भनि राजदुत डा कार्कीलाई हस्तान्तरण गरेको छ l एएनएसले अहिले सम्म जम्मा १६ हजार ८ सय ५८ उठाएको भन्दै अन्य रकम नेपालको भूकम्प पिडितलाई नेपाल पुर्याई सकेको बताएको छ l भर्जिनियाको फल्स चर्चमा बसोबास गर्ने निलकण्ठ सुबेदीले झन्डै १ हजार डलर व्यक्तिगत रुपमा आफ्नो कार्य स्थल बाट संकलित रकम राजदुत कार्कीलाई हस्तान्तरण गरेका छन् भने नर्थ क्यारोलिना बाट आएका संचार कर्मी बिनय अर्यालले पनि आफ्नो कार्य स्थलमा थुप्रै सामग्री तथा रकमको संकलन गरेको जानकारी गरुदै दुतावासमा पठाउने बताए l

राजदुत कार्कीले आफु आएको पहिलो दिन नै विदेश मन्त्रि जन केरी ,उपमन्त्रि तथा सहायक मन्त्रिलाई भेटि नेपालको बारेमा जानकारी गराएको भन्दै दोश्रो दिन नै लिखित रुपमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(टिपीएस) बारेमा पत्राचार गरि सकेको बताए डा कार्कीले मे १८ तारिख सोमबार अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई ओहदाको प्रमाण पत्र बुझाउने र नेपालको अवस्था बारेमा ओबामालाई कुराहरु राख्ने बताए l प्रधान मन्त्रि राहत कोषमा संकलित रकम राहतको लागि मात्र खर्च गरिने जानकारी गराउदै भत्ता ,नियुक्ति ,यातायात आदिमा खर्च गरिने छैन भनि जानकारी दिए l

IMG_6250

यसै गरि गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले भूकम्प पिडितलाई राहत पुर्याई आएको जानकारी गराउदै आफुले एनआरएन लाई ५ लाख दिएको भन्दै आगामी दिनमा आफ्नो ब्यबसायबाट संकलित रकम बाट १० हजार डलर दुतावासलाई दिने बताए l उक्त अन्तरक्रिया कार्यक्रममा भर्जिनिया लाउडन काउन्टीका डलस जिल्ला सभापति तथा लेख परीक्षक हरि शर्माले अमेरिकामा जम्मा भएको रकम नेपाल भित्र्याउदा पर्ने प्राबिधिक तथा कानुनी कुराहरुमा चर्चा गरेका थिए भने नेपाल गै भूकम्प पिडितलाई उद्धार गर्ने लाई नेपाली समुदायले हौसला प्रदान स्वरुप उनका परिवारलाई समेत प्रोत्साहन गर्नु पर्ने बताए l

IMG_6232

राजदुत कार्कीले बिशेष आर्थिक सहयोग गर्ने लाई राष्ट्रपतिबाट सम्मान गर्ने योजना समेत रहेको बताए l उक्त अन्तरक्रिया कार्यक्रममा एएनएस बिनोद तथा सावित्री छात्रवृतिमा बिजयी हुने बिद्यार्थीहरुलाई प्रमुख अतिथि राजदुत डा कार्की द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो l १२ जना प्रतियोगीतिहरुमा यस बर्षमा प्रथम हुने उपासना अधिकारीले २ हजार डलर तथा दोश्रो हुने सयस भट्टराईले १ हजार डलर पुरस्कार जितेका छन् l कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारी ,कार्यक्रम संचालन सयुक्त रुपमा संचार संयोजक सुजित अर्याल ,महा सचिब प्रेम पौडेल तथा शिक्षा बरालले गरेकी थिइन् l

IMG_6224

प्रतिक्रिया