जेसिज सप्ताह सुरु

इनेप्लिज २०७२ जेठ ४ गते १:२४ मा प्रकाशित

jccदेउखुरी (दाङ), ४ जेठ । दाङको देउखुरीमा आइतबारदेखि लमही जेसिजको आयोजनामा साताव्यापी रुपमा जेसिज सप्ताह सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सभासद् पार्वता डिसी चौधरीले राष्ट्रिय विपद्को यो घडीमा जेसिजको आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले व्यक्तिको नभई विधिको शासनलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो ।

जेसिज सप्ताहको पहिलो दिन लमहीमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो । सो अवसरमा वक्ताहरूले जेसिजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जेसिजको आस्था र श्रद्धाले समाज रुपान्तरण गर्न सकिने कुरामा जोड दिएका थिए ।

साताव्यापी कार्यक्रमअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा फलफूल वितरण, लमही बजारको सरसफाइ, ट्राफिक रिफ्रेस सेन्टर लमहीमा ट्राफिक सचेतना कार्यक्रम, कोइलाबासको रामजानकी मन्दिरमा ऐतिहासिक सम्पदाहरूको संरक्षणमा युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम, पत्रकार र जेसिज युवाबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, लमहीको जखेरातालमा कार्यक्रमकोे समापन गरिने कार्यक्रम रहेको संयोजक शिवशङ्कर गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया