खन्डिकरण, मेरी आमा, भूकम्प, मेरो एनआरएन कार्यकाल र म नेपाली

इनेप्लिज २०७२ जेठ ३ गते ११:४३ मा प्रकाशित

Krishna KC

जन्मले म नेपाली, छनोट्ले म अमेरिकन । नेपाली कानुनले म बिदेसी, भावना र प्रतिनिधित्वको कारणले म नेपाली चाहे नेपाल सरकारले नागरिकता दिए पनि या नदिए पनि । बिबसताले म परदेसी, जन्म,खोरियाको सम्पत्ति र मात्रित्वका नाताले म सधैं नेपाली ।

महाकबी देबकोटा र मेरो गाउलेको कांठे ठाडो भाषाले म लहूरे । जन्मदा त म नेपाली नै हो नि; गहुंगोरो नेपाली तर मेरो जन्मघर तपाईंले जस्तै म पनि प्यारो गर्छु । तर दर्दपूर्ण कुरा त्यो घर त दुई पटक मरिसक्यो । एक पटक तथाकथित माओबादीले मारे र दोश्रो पटक भूकम्पले गरेर । पढ्न नजान्ने तर महाभारतका कथा कन्ठै सुनाउने मेरी आमा “तेरो छोरा खोइ ?” भन्दै बंदुक ठटार्ने मावबादीलाई-तिमीहरु अनपढ छौ बन्दूक बोक, मेरा छोराहरु दु:ख गरेर पनि पढेका छन कलम समाउछन भनेर नडराइ जवाफ दिन्थिन रे मेरी आमा । तर आज तिनै निडर कान्छा थापाकी छोरी मेरी आमा खुइय गर्दै भूकम्पबाट बाँच्न भाग्दै छिनरे ।

तिनै बन्दूके मावबादीले ताकेर बम हानेर आफ्नै अगाडि आठ बर्षकी नातिनी मार्दा नथाकेकी मेरी आमा भूकम्पले थाकिनरे । व्यक्तिगत पागल युद्धमा द्वन्दले नेपाली मारिदा रोएकी मेरी आमा आज प्रकृतिले फेरि नेपाली मार्दा रोइन रे । हुन पनि हो दिनमा नै ७।८ पटक जाने भूकम्पले ज्यान मात्र होइन मन नै मरिसक्यो रे । खै खुइया मात्र त भयो नि ।

हुन त मेरी पोखरमा हुने एक्जना बहिनीले लेखेथिन कि उन्लाई त्यो ९।१० कक्षामा पदेको खन्डिकरण खुबै मनपर्थ्यो रे तर उन्का अनुसार एउटै सुत्र मिलेन भने नतिजा गलत आउथ्यो अनि दु:ख, समय, सुत्र नतिजा सबै खराब । म भन्छु कि तिनै मेरी प्यारी बहिनिको खन्डिकरणको सुत्र नपढेका तिनै राजनेताले देशै खन्डिकरण गरि रहेका छन खराब सुत्रको प्रयोगले गर्दा नतिजा खराब होइन नतिजानै आउन सकेन । उसमाथि यो भूकम्पले त झनै झिनो आशा पनि रोकियो बहाना फेरि पलायो आशा सबै मर्यो ।

गत जुन २०१४ देखी सुरु भएको मेरो एनआर एन कार्यकाल यही मे १७, २०१५ देखी सम्पन्न हुँदैछ । छोटो या लामो जे भए पनि धेरै काम थोरै समयमा गर्न पाउदा धेरै खुशी हुदो रहेछ । यो खुशी कसैले कसै गरे पनि पाउने वाला छैन किन कि हामीले काम गरेका छौ।

नवनिर्वाचित सबैलाई शुभकामना, कार्यकल सफलताको कामना अनि मेरा सहयोद्धा, मित्र, साथी, नेपाली अमेरिकन समुदया, संघसंस्था सबै अनि बिशेष गरी संचार जगतका साथीहरु सबैलाई धन्यवाद ।

प्रतिक्रिया