शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०१:३२
वासिङटन डिसी 15:47

विद्यालय पठनपाठनयोग्य बनाउन सात दिनको समय

इनेप्लिज २०७२ जेठ ३ गते ४:३० मा प्रकाशित

Jhapa_nepal-mapभद्रपुर, ३ जेठ । विनाशकारी भूकम्पबाट झापाका ११४ सामुदायिक विद्यालयमा क्षति भएको छ ।

भूकम्पबाट क्षत्विक्षप्त भएका विद्यालयलाई सात दिनभित्र पठनपाठनयोग्य बनाउन जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ । निर्देशन दिएको समयमा विद्यालयमा विद्यार्थी भने नजाने तर अभिभावकले विद्यालयको निरीक्षण एवम् अनुगमन गरी पठनपाठनयोग्य छ कि छैन त्यो निक्र्योल गर्नुपर्ने छ ।

आजदेखि लाग्ने भनेको विद्यालय पुनः सात दिनका लागि बन्द भएको र यो समयमा शिक्षक एवम् अभिभावक विद्यालय जानुपर्ने निर्देशन भएको सहायक जिल्ला शिक्षा अधिकारी उद्धव बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया