मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:५०
वासिङटन डिसी 14:05

चेपाङ वालवालिकालाई सहयोग

इनेप्लिज २०७२ जेठ २ गते १६:५६ मा प्रकाशित

रत्ननगर ०२ जेठ

पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहित विभिन्न सामाग्री सहयोग
भएको छ । सामुदायिक सहयोग केन्द्र नेपाल बछौली र लायन्स क्लव अफ चितवन सौराहाले ५४ थान डसना,५४ थान सिरानी,८०

थान थाल,८० थान गिलास,स्टेशनरी र खाद्यान्न समाग्री सहयोग गरेका हुन । सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीका अध्यक्ष केशव पाण्डे, लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराई,कोषाध्यक्ष विजयादेवी खतिवडा,पूर्वअध्यक्षहरु दीपेन्द्र खतिवडा,योगेश अधिकारी,लायन्स राजेन्द्र भण्डारी,दलबहादुर परियार,सिरलाल परियार,शरद कुमार पाण्डे

लगायतको टोली संरक्षण केन्द्र पुगेर सो सामाग्री हस्तान्तरण गरेका थिए । केन्द्रमा सिमान्तकृत चेपाङ समुदायकवालवालिकाहरु आश्रित छन ।

प्रतिक्रिया