तीन न्यायाधीशको गोलीहानी हत्या
इनेप्लिज
२०७२ जेठ २ गते १५:२७ मा प्रकाशित
कायरो, २ जेठ । बन्दुकधारीले इजिप्टमा शनिबार तीन जना न्यायाधीशको गोलीहानी हत्या गरेका छन् ।
बन्दुकधारीले शनिबार इजिप्टको सिनाई प्रान्तमा ती न्यायाधीशको हत्या गरेका हुन् । सिनाई इजिप्टको द्वन्द्वग्रस्त प्रायद्वीप हो ।
इजिप्टको राजधानी कायरोमा शनिबारै त्यहाँका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको केही घन्टापछि मात्र ती न्यायाधीशमाथि बन्दुकधारीले गोली प्रहार गरेका हुन् ।
सो क्षेत्रमा यसअघि पनि पूर्व राष्ट्रपति मोर्सीका समर्थहरुले प्रहरी र सरकारी अधिकारीहरुमाथि आक्रमण गर्ने गरेका थिए ।
तर त्यस हत्याको जिम्मेवारी भने कसैले लिएको छैन । प्रहरीले हत्याराको खोजीकार्य जारी रहेको बताएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया