राष्ट्रिय सहमतिको सरकार आवश्यक: गच्छदार
पथरी (मोरङ), २ जेठ । भूकम्पको विपत्तिमा परेका पीडितलाई राहत दिन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष गच्छदारले अगामी १० दिनभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभयो । सहमतिको सरकार बनाउँदा अन्य दलले भन्दा पनि काँग्रेस या एमालेले सरकारको नेतृत्व गर्नुपर्ने गच्छदारको भनाइ छ ।
गच्छदारले अब बन्ने सहमतिको सरकारले यो विपद् परेको नागरिकलाई राहतसँगै दुई महिनाभित्र छिटो माध्यमबाट संविधान जारी गर्नेमा समेत जोड दिने बताउनुभयो ।
उहाँले दलहरुबीच सहमतिमा सरकार बनाई भूकम्पपछिको अवस्थामा उद्धार, राहत र पुनःनिर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । विपत्तिका बेलामा सरकार पछिल्लो सक्रियता सकारात्मक रहेको उहाँले बताउनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया