भुकम्प पिडितको सहयोगार्था अमेरिकन कलाकारहरुको साथमा हेल्प नेपाल कन्सर्ट हुने ।

इनेप्लिज २०७२ जेठ १ गते २२:२० मा प्रकाशित

Cristiano-Ronaldo

एभरेष्टटाइम्स
न्युयोर्क— नेपालको भुकम्प पिडितहरुको सहयोगार्था चर्चित अमेरिकन कलाकारहरु र नेपाली कलाकारहरुले संयुक्त रुपमा हेल्प नेपाल बेनिफिट कन्सर्टमा आफनो कला प्रस्तुत गरिने भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाको सल्लाहकार इन्द्र तामाङको आयोजनामा आगामी मे ३० तारिख हुन लागेको कन्सर्टमा ७ अमेरिकन कलाकारहरुको साथै विशिष्ट अमेरिकन व्यक्तित्वहरु समेत आउन लागेको आयोजित पत्रकार सम्मेलनमा तामाङ सोसाइटी अफ अमेरिकाको पुर्व अध्यक्ष राम तामाङले बताए । म्यानह्टनस्थित सेकेन्ड एभिन्युको अर्मनियन चर्चमा हुन लागेको कन्र्सटमा सबै कलाकारहरुले निशुल्क रुपमा कार्यक्रम प्रस्तुत गरिदिन लागेको उनले बताए ।

‘ नेपालमा गएको भुकम्पमा परि दुख भोग्नु परिरहेको नेपालीहरुको सहयोगको केही आर्थिक संकलन गरि तत्काल राहत स्वरुप पठाउनका लागी यो कार्यक्रम आयोजना गर्न लागेको हो’ कार्यक्रमको आयोजक तथा तामाङ सोसाइटी अफ अमेरिकाका सल्लाहकार इन्द्र तामाङले भने—’ सबैको सामुहिक सहयोगमा हुन लागेको हेल्प नेपाल कन्र्सटबाट उठने सबै रकम सबै सहयोगी सस्थाहरुको सामुहिक सल्लाह र सहमतिमा पठाउने योजना बनाएको छु’ ।

नेपालको भुकम्प पिडितहरुको सहयोगको लागी गर्न लागेको कार्यक्रमलाई आयोजक इन्द्र तामाङको अमेरिकन कलाकार मित्र रोमी आसविले अमेरिकन कलाकारहरुको संयोजन सहयोग गरेको छ । त्यस्तै निशुल्क रुपमा अर्मनियन चर्चले हल, डाफे इन्टरटेन्मेन्टले डिजे, बसन्त डान्स सेन्टर र झन्कारले डान्स, डिजि प्रिन्टिङले प्रचार सामाग्री, मोक्ता भिडियोले भिडियो, फोटोहेरा डटकमले तस्विर उपलब्ध गराउने भएको छ । त्यस्तै कार्यक्रमलाई तामाङ सोसाइटी अफ अमेरिका , इन्टरनेशनल मार्सल आर्टस एसोसियसन, शेर्पा किदुग, सुमन वायरलेस, प्लानेट थ्रिडि, फिफना लगायतका सस्थाहरुले सहयोग गर्ने भएको प्रेश विज्ञाप्तीमा जनाएको छ ।

कार्यक्रममा चर्चित अमेरिकन कलाकारहरु डेबी ह्यारी, तम्मि फाए स्टारलिट, बेरि रेनोल्ड,फेलिस रोसर, नाओ हाकाम्दा, प्येडी बोम रहेका छन । नेपाली कलाकारहरुमा निमा रुम्बा, फिरोज स्याङदेन, यम बराल, अमृत लामा, सपना श्री, जगदीस समाल, श्याम नेपाली, प्रमोद उपाध्याय,राजेन्द्र कर्ण, बिजय नकर्मि, धर्मविर लामा, सन्जोग योन्जन, राज कपुर, सुमन बुडामगर, प्रज्वल बज्राचार्य, तिलक श्रेष्ठ, सृजना लामा, ज्योति गुरुङ, अदित्य लामाले कला प्रस्तुत गर्ने भएको छ ।

प्रतिक्रिया