‘फुटबल स्टार रोनाल्डोले भूकम्प पीडितलाई ५ मिलियन पाउण्ड दिएको खबर गलत’
काठमाडौँ, ३१ वैशाख । फुटबल स्टार क्रिस्टीएनो रोनाल्डोले नेपालका भूकम्प पीडितका लागि दिएको ५ मिलियन पाउण्डको समाचार गलत भएको सेभ द चिल्ड्रेनले जनाएको छ । सेभ द चिल्ड्रेनको हवाला दिदैं बेलायतबाट प्रकाशित हुने संचार माध्यमहरुले प्राथामिकताका साथ समाचार प्रकाशित गरेका छन्, ‘क्रिस्टीएनो रोनाल्डोले सेभ द चिल्ड्रेनको नेपालमा आपतकालिन उद्धारका लागि अनुदान दिए भन्ने प्रकाशित समाचारहरु गलत हो ।’ यस अघि बेलायतबाट प्रकाशित हुने संचार माध्यमहरुले फ्रान्सको समाचार संस्था ‘द फुट’लाई हवाला दिदैं फुटबल स्टार क्रिस्टीएनो रोनाल्डोले ५ मिलियन पाउण्ड नेपालका भूकम्प पिडितलाई सहयोग गरेको समाचार प्रकाशित गरेको थियो । त्यस लगत्तै यो समाचार नेपाली संचार माध्यममा पनि प्राथमिकताका साथ प्रकाशित भएका थिए । उक्त समाचारमा भनिएको थियो, ‘पोर्चुगलका ३० वर्षिय फुटबल खेलाडीले आफ्ना १०० मिलियन फेसबुक फलोवरलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।’ सेभ द चिल्ड्रेनले जारी गरेको बिज्ञप्तिमा भनेको छ, ‘फुटबल स्टार रोनाल्डोले नेपालको भूकम्प लगायत अन्य कारणले बालबालिकाको भोग्नु परेको समस्याका बारेमा विश्वभर चेतना ल्याउन सहयोग गरेका छन् ।’ फुटबल स्टार रोनाल्डो सेभ द चिल्ड्रेनका विश्व सद्भावना दुत हुन् ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया