भूकम्प पीडितलाई रकम जुटाउन दिनेश डिसी र झरना थापाको निःशुल्क शो
दाङ । चर्चित कलाकारहरु दिनेश डिसी र झरना थापाले दाङमा भूकम्प पीडितहरुको राहत संकलनमा सहयात्रा गरेका छन् । उत्सर्ग फिल्मस नेपाल दाङले भुकम्प पीडितहरुको राहत सहयोगका लागि आयोजना गरेको सांगीतिक कार्यक्रममा कलाकारहरु दिनेश डिसी र झरना थापाले निशुल्करुपमा आफ्नो सहभागिता जनाएपछि एक लाख बढी रकम बाढी पीडितका लागि कलाकार टिम उठाउन सफल भएको छ । प्रायोजक र टिकट बिना नै खुल्ला रुपमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा कलाकार डिसी र थापाले सर्वसाधारणलाई आग्रह गरेपछि १० रुपैयाँ देखि ५० हजारसम्म सहयोग गरिएको थियो । साँझ साढ ४ बजे देखि ७ बजेसम्म आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वतस्फूर्तरुपमा १ लाख ३७ हजार ५ सय ३९ रुपैयाँ राहत संकलन भएको थियो । कार्यक्रममा आयोजकले अत्यन्त मितव्ययी तरिकाले खर्च गरेकाले यति धेरै रकम राहतका लागि बचेको हो । कार्यक्रममा अतिथिका रुपमा आएका कलाकारहरु डिसी र थापाले पारिश्रमिकका रुपमा कत्ति पनि रकम लिएनन । कलाकार डिसी र थापाले भूकम्प पीडितका लागि आफूहरुले केन्द्रमा पनि सहयोग अभियान जारी राखेकाले दाङबासीको हौसला थप्न आफूहरु आएको बताए । उत्सर्ग फिलिम्स नेपाल दाङको निदेर्शक केएल पीडितको अगुवाईमा व्यवसायीहरु यादव सैघाली, राजभक्त राना, महेन्द्र बुढाथोकी, लेखराज डिसी र पत्रकार सविन प्रियासनले बचेको उक्त रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गरेर त्यसको बैंक भौचर प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालाई हस्तान्तरण गरेका थिए । दाङमा अहिलेसम्म सांगीतिक कार्यक्रम गरेर प्राकृतिक विपत्तीबाट समस्यामा परेकाहरुका लागि जिल्ला प्रशासन मार्फत नगद सहयोग गरिएको यो पहिलो घटना हो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया