क्षतिग्रस्त सञ्चार गृहले क्षतिपूर्ति पाउनुपर्छ: उपाध्यक्ष भण्डारी
काठमाडौँ, १ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिने विषयमा सरकारसँग छलफल गरिने बताउनुभएको छ ।
डिल्लीबजारस्थित ‘मेरो एफएम ९३ दशमलब ५’को क्षतिग्रस्त कार्यालयको आज अवलोकनपछि उपाध्यक्ष भण्डारीले जनताको सूचना सम्प्रेषणका लागि कार्यरत सञ्चारमाध्यममा भएका क्षतिको यकिन विवरण आएपछि सरकारबाट हुन सक्ने सहुलियत र क्षतिपूर्तिका लागि पार्टीले थप पहल गर्ने उल्लेख गर्नु भयो ।
सो एफएमका कार्यक्रम संयोजक हरिबल्लभ नेपालका अनुसार गत मङ्गलबार आएको पछिल्लो पराकम्पनका कारण सो संस्थामा थप क्षति हुन गई हाल भुइँतलाबाट आंशिक प्रसारण भइरहेको छ । सो एफएमको ट्रान्समिटरलगायत भौतिक साधनमा क्षति पुगेको छ ।
मदन भण्डारी मेमोरियल कलेजको मातहतमा रहेको सो एफएममा यसअघि एमालेका नेता माधवकुमार नेपाल, प्रचार विभागका प्रमुख योगेश भट्टराई, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याललगायतले स्थिति बुझ्न भ्रमण गरिसक्नुभएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया