शनिबार, माघ १५ २०७८
काठमाडौं १०:५६
वासिङटन डिसी 00:11

कालोबजारी गर्ने पाँच पक्राउ

इनेप्लिज २०७२ वैशाख ३१ गते १५:३४ मा प्रकाशित

pakraauकाठमाडौँ, ३१ वैशाख । भूकम्पको फाइदा उठाउँदै कालोबजारी गर्दै उपभोक्ताबाट अत्यधिक मूल्य असुल्ने पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

वास्तविक मूल्यभन्दा अत्यधिक बढी मूल्य लिई त्रिपाल बिक्रीवितरण गर्ने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–१३ स्थित खतिवडा फेन्सी पसलका सञ्चालक उद्धव खतिवडा र सोही ठाउँस्थित आचार्य स्टोर्सका सञ्चालक अच्यूतप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

एक हजार २६५ रुपैयाँमा खरिद गरेको त्रिपाल रु दुई हजार ५०० मा बिक्रीवितरण गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी ‘रेडबुल’ र ‘रेडस्टर’ पेय पदार्थ अत्यधिक मूल्य लिई बिक्रीवितरण गर्ने नयाँ बसपार्क नजिक खुद्रा पसल गरी बस्ने अर्घाखाँची चिनडाँडा–५ का २९ वर्षीय पदमबहादुर केसी, दोलखा सुनरावती–१ का ३१ वर्षीय गणेशप्रसाद सिवाकोटी र सोही ठाउँ बस्ने अर्घाखाँची कागतीटार–४ का ३२ वर्षीय कुलप्रसाद न्यौपानेलाई पनि प्रहरीले आज पक्राउ गरेको छ ।

उनीहरुले रु ८० पर्ने रेडबुललाई ९० रुपैयाँ र रु ६५ पर्ने रेडस्टारलाई ८० रुपैयाँमा बिक्रीवितरण गरेको पाइएपछि महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया