होटलमा मारिने १४ पुगे, सातजना विदेशी
इनेप्लिज
२०७२ वैशाख ३१ गते १४:५० मा प्रकाशित
काबुल, ३१ वैशाख । अफगानस्तिानको राजधानीमा रहेको एक होटलमा बुधबार राति भएको आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या १४ पुगेको समाचार छ ।
सो आक्रमणमा विदेशी नागरिकहरू पनि परेका छन् । अफगान सरकारले दिएको जानकारीअनुसार त्यहाँ मारिनेमा भारतीय र अमेरिकी नागरिक पनि परेका छन् ।
प्राप्त पछिल्लो समाचारअनुसार मारिनेमा चारजना भारतीय, एक अमेरिकी, एक इटालियन र अर्का एकजना बेलायती नागरिक रहेको बताइएको छ ।
राजधानी काबुलको कोलोला पुस्ता क्षेत्रमा अवस्थित पार्क प्यालेस गेस्ट हाउसमा बुधबार राति ८ः३० बजे हतियारधारीहरूले आक्रमण गरेको जनाइएको छ ।
सो आक्रमणपछि प्रहरी र ती आक्रमणकारीबीच सात घन्टासम्म शृङ्खलाबद्ध रूपमा दोहोरो गोली हानाहान चलेको थियो ।
सो आक्रमणको अफगानिस्तानमा रहेको सशस्त्र आतङ्ककारी समूहले जिम्मा लिएको छ ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया