अतिथिगृहमा आक्रमण दुई भातीय नागरिकको पनि मृत्यु

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:१७ मा प्रकाशित

india-map-1024x1024नयाँ दिल्ली, ३१ वैशाख । अफगानस्तिानको राजधानीमा बुधबार अबेर राति एक अतिथिगृहमा भएको आक्रमणमा परी कम्तीमा दुई भारतीय नागरिकको मृत्यु भएको भारत सरकारले बिहीबार जानकारी दिएको छ ।

राजधानी काबुलको कोलोला पुसता क्षेत्रमा अवस्थित पार्क पालेस गेस्ट हाउसमा स्थानीय समयाअनुसार बुधबार ८ः३० बजे सो आक्रमण भएको जनाइएको छ ।

सात घन्टासम्म शृङ्खलाबद्ध रुपमा चलेको यस अतिथिगृह आक्रमणकै समयमा तीन भारतीय नागरिकलाई भने उद्धार गरेको छ । त्यसैगरी सो आक्रमणका क्रममा एक भारतीय नागरिक भने बेपत्ता रहेको पनि सो स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणमा चार आक्रमणकारीलगायत नौ व्यक्तिको मृत्यु भएको जनाइएको छ । नौ व्यक्तिहरुमा एक अमेरिकी नागरिक र अन्य विदेशी नागरिकहरु पनि रहेका थिए ।

बेलुकाको खानाको समयमा भएको यस आक्रमणको अनुसन्धान जारी रहेको अफगान प्रहरी स्रोतले जानकारी दिएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको भने छैन ।

तर यस प्रकारको आक्रमण प्रायजसो तालिवानी आक्रमणकारीले गर्ने गरेको हुनाले यस आक्रमणमा सोही समूहलाई गराएको प्रहरीको अनुमान गरिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया