शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:४५
वासिङटन डिसी 04:00

सत्–मार्गबाट विभिन्न राहत वितरण

इनेप्लिज २०७२ वैशाख ३१ गते १०:२४ मा प्रकाशित

IMG_0715

काठमाडौं । सत्मार्ग अभियान नेपालले भूकम्प पीडितहरूको लागि विभिन्न राहतकाकार्यक्रम गर्दै आएको छ । अभियानले महाविनाशकारी भूकम्पमा परी दिवंगतहुनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी एवम् विदेशी पाउनाहरूकोसम्झनामा उहा“हरूको आत्माको चीर शान्तिको कामना गर्दै ५ दिनसम्म शोकपुस्तिकामा हस्ताक्षर सञ्चालन गरेको थियो भने १३ औं दिनमा धरहरा रहेको स्थलसुन्धारा काठमाडौंमा शोकदीप प्रज्वलन गरी श्रद्धाञ्जली प्रकट गरेको छ । सोक्रममा अभियानले शोक संतप्त परिवारप्रति समवेदना साथै सो भूकम्पमा परी घाइतेहुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको अभियानका संगठनमहामन्त्री खेमनाथ आचार्यले बताउनु भएको छ ।यसै गरी अभियानको मकवानपुर जिल्ला शाखाले रेडक्रस, लायन्सक्लब र हर्टफाउण्डेशनस“ग मिलेर राहत वितरण एवम् स्वास्थ्य शिविर सञ्चालन गरेको व्यहोरामकवानपुरबाट अभियानका केन्द्रीय सदस्य हरिवंश भेट्वालले जानकारी गराउनु भएकोरामेछापमा अभियानको तर्फबाट औषधिसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको सिन्धुपाल्चोकको दलितवस्तीमा त्रिपाल, दालचामल एवम् तरकारीलगायतका सामाग्रीकोराहत अभियानका राष्ट्रिय प्रमुख पं. नवराज धितालमार्फत पठाइएको जानकारी सोसंस्थाका केन्द्रीय सदस्य जयप्रकाश गुरागाईले बताउनु भएको छ । स्मरण रहोसअभियानका राष्ट्रिय प्रमुख धिताल आफै भूकम्प पीडित हुनुहुन्छ, उहा“कोमेलम्चीमा स्थित घर पूर्णरूपमा भत्किएको छ भने पशुचौपायासमेत मरेको बताइएकोयसैक्रममा पुनः अर्को भूकम्प गई जनधनको हानीनोक्सानी भइरहेको अवस्थामायस संवेदनशील स्थितिलाई सबै एकजुट भई प्रतिकार एवम् सामाना गर्नको लागिअभियानले आव्हान गर्दै आफ्नो स्थानबाट सक्दो भूमिका निर्वाह गर्ने, राहतकाकार्यक्रमलाई बढाउन सहयोगी हातहरूको खोजी गर्ने लगायतका अत्यावश्यक कार्यमाभूमिका निर्वाह गर्न सत्मार्ग लागि परिरहेको अभियानका राष्ट्रिय प्रवक्ता दीपकसुवेदीले बताउनु भएको छ ।

IMG_0657

प्रवक्ता सुवेदीले बैशाख १२ लाई राष्ट्रिय दैविकविपत्तिको दिनको रूपमा ईतिहासमा अंकित गर्न अभियानले सम्बन्धित क्षेत्रलाई प्रस्तावगरेकोसमेत जानकारी दिनुभएको छ ।भूकम्प प्रभावित क्षेत्रमा भत्किएका घरको पुनः निर्माणको लागि सहयोगी हातअभियानको तर्फबाट पनि खोजि गरिएको महामन्त्री खेम आचार्यले बताउनु भएको छ। साथै भविष्यमा आउनसक्ने यस्ता विनाशकारी भूकम्पलगायतका विपत्तिहरूबाट बच्नसमयमै आवश्यक योजना बनाउन सरकारलाई अनुरोध गरिएको कुरा राष्ट्रिय सहप्रमुखदेवी घिमिरेले सञ्चारकर्मीहरूलाई अवगत गराउनु भएको छ ।साथै अभियानको आर्थिक नीति, नियमको नियमावली र राष्ट्रियताका आधारहरूकोबारेमासमेत समय समयमा सम्पन्न भएका बैठकमा सवाल उठिरहेको र निकट केही समयमैअभियानले राष्ट्रियताका आधारको विषयमा वहस चलाउने उद्देश्य रहेको अर्का राष्ट्रियसहप्रमुख सुशिलचन्द्र अधिकारीले हामीस“गको कुरामा बताउनु भएको छ ।राष्ट्रको पुनर्निर्माण तथा राष्ट्रियताका आधारहरूको खोजिको लागि विभिन्नअभियानजन्य कार्यहरू सञ्चालन गर्दै आएको सत्मार्ग अभियान नेपालले भूकम्पआएपछि भएको विनाशलाई लिएर विभिन्न पक्षस“ग चरण चरणका बैठकहरू सम्पादनगर्दै अबका दिनमा केकसरी कस्तो कार्यक्रम लिएर अघि बढ्ने भन्ने विषयमागम्भीरतापूर्वक चिन्तनमनन् गरिरहेको प्रवक्ता सुवेदीले बताउनु भएको छ ।

IMG_0758

प्रतिक्रिया