दुई कर्मचारीको मृत्यु
इनेप्लिज
२०७२ वैशाख ३१ गते ५:३४ मा प्रकाशित
रसुवा (धुञ्चे), ३१ वैशाख । वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै आएको पहिरोमा परी बेपत्ता भएका रसुवा भन्सारका दुई कर्मचारी मृत फेला परेका छन् ।
जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार फेला परेका कर्मचारीहरूमा नायब सुब्बाद्वय स्याङ्जा जिल्लाको बगालेथोकका गोपाल लामिछाने र पुतलीबजारका गङ्गाराम दोरङ्गा रहेका छन् ।
उनीहरूको शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । पहिरोमा परी हराइरहेका गुल्मीका नासु ख्यालबहादुर अर्याल र एक भान्छेसमेतको खोजी कार्य भइरहेको बताइएको छ ।
खोज उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र चिनियाँ उद्धारकर्मी जुटिरहेको सुरक्षा निकायले बताएका छन् ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया