सोमबार, साउन १८ २०७८
काठमाडौं १२:००
वासिङटन डिसी 02:15

मङ्गबारको पराकम्पनले छयानब्बे जनाको मृत्यु

इनेप्लिज २०७२ वैशाख ३१ गते ३:२१ मा प्रकाशित

CEyqeDhWEAAa80Hकाठमाडौँ, ३१ वैशाख । वैशाख २९ गते दिउँसो आएको भूकम्पको पराकम्पनबाट हालसम्म ९६ जनाको मृत्यु भएकोे छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार उक्त पराकम्पनबाट दुई हजार ५६३ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा ११, दोलखामा ४०, सिन्धुपाल्चोकमा १६, रामेछापमा ११, सिन्धुलीमा तीन, सर्लाहीमा तीन, महोत्तरीमा तीन, रौतहटमा दुई, गोरखामा दुई र धादिङ, नुवाकोट, सर्लाही, धनुषा र तेह्रथुममा एक/एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया