सिकागोका बाला घिमिरे कम्युनिटी सर्भिस अवार्डबाट सम्मानित

इनेप्लिज २०७२ वैशाख ३० गते २३:१८ मा प्रकाशित

Asian American Council Award (BALA)

सिकागोका बाला घिमिरे कम्युनिटी सर्भिस अवार्डबाट सम्मानित, भूकम्प पिडितलाई २० हजार डलर राशिको सहयोग उपलब्ध गराउने घोषणा

सिकागो । सिकागोमा बसेर समुदाय केन्द्रित सामाजिक कार्यमा क्रियाशील रहँदै आएका अगुवा समाजसेवी बाला घिमिरे एशियन अमेरिकन एडभाइजरी काउन्शिलको ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित भएका छन् । हिंजो मंगलबार एशियन अमेरिकन काउन्शिलले सिकागो इलियन्समा आयोजना गरेको हेरिटेज मन्थ रिशेसप्सन कार्यक्रममा अगुवा नेपाल अमेरिकन घिमिरे सहित यस क्षेत्रको समुदायको हितमा क्रियाशील व्यक्तिहरु एशियन अमेरिकन एडभाइजरी काउन्शिलको ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित भएका हुन ।

Asian American Council program group Photo

एशियन अमेरिकन काउन्शिलले सिकागोको इलियन्समा आयोजना गरेको हेरिटेज मन्थ रिशेसप्सन कार्यक्रममा काउन्शिलका सचिब मार्टिन थाकरले दुई साता अघि र हिंजो मंगलबार नेपालमा गएको प्रलयकारी महाभूकम्पमा परि ज्यान गुमाउनेहरु प्रति स्रद्धा सुमन अपर्ण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । थाकरले नेपाल यति बेला प्राकृतिक महाविपत्तिमा परेको हुँदा सहयोगको हात अघि बढाउन सहभागी सबैलाई आग्रह गरेका थिए ।

महाभूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा मौनधारण गरि सुरु भएको कार्यक्रममा एशियाका १३ राष्ट्रका अगुवाहरु सहभागी रहेका थिए । कार्यक्रममा ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित अगुवा समाजसेवी बाला घिमिरेले मातृभूमि नेपाल प्रलयकारी महाभूकम्पको चपेटमा परेको हुँदा सम्पूर्ण नेपाली अमेरिकनलाई सहयोगको हात अघि बढाउन आग्रह गर्दै आफुले व्यक्तिगत तर्फबाट २० हजार डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

Asian American Council program

प्रतिक्रिया