Houston ,Texas USA मा CNS pray for Nepal “व्दीप प्रज्वलन” सम्पन्न

इनेप्लिज २०७२ वैशाख ३० गते १६:४२ मा प्रकाशित

IMG_1566

बैशाख १२ गते तदनुसार अप्रिल २५, २०१५ का दिन नेपालमा गएको महाभूकम्पमा र त्यसपछिका दिनहरुमा गैरहेका स-साना कम्पहरुका कारण त्रसित बनिरहेका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई राहत रुपी मल्हम लगाउने उद्द्देश्यले सिर्जनशील  नेपाली समाज Houston Texas USAले रहात संकलन गरिरहेको छ ।

यही क्रममा ९ मे २०१५ शनिबारका दिन साँझ एकसय आठ  द्वीप प्रज्वलन कार्यक्रमको आयोजना गरियो ।उक्त कार्यक्रममा भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक  १ मिनट मौन धारण गरी श्रध्दान्जलि अर्पण गर्दै घाइतेहरुका लागि सीघ्र स्वास्थ्यलाभको कामना गर्नुको साथै शोक सन्तप्त र मनोबैज्ञानिक रुपमा त्रसित जनसमुदायप्रति समवेदना प्रकट गरियो ।साथै यस प्रकारको प्रकृतिको क्रुर नियति फेरि बेहोर्न नपरोस् भन्ने कामना समेत गरियो ।

IMG_1555कार्यक्रममा संस्थाले हालसम्म राहत स्वरूप जम्मा गरेको $१७००० ।०० को घोषणा संस्थाका अध्यक्ष श्री उमापति भुसालले गर्नुभयो।

त्यस्तैगरी दीप प्रज्वलनको शुरुवात बयोबृध्द श्री नन्द केशर त्रिपाठीले गर्नुभएको थियो भने सँस्थाका कोषाध्यक्ष श्री बालकृष्ण बानिया र संस्थाको आकस्मिक कोषका संयोजक श्री गङ्गा शर्माले दाताहरुको नामावली प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष बिष्णु त्रिपाठी , सल्लाहकार  देव भुसाल, मिन बिक्रम शाह, यज्ञ पाण्डेय लगायत कार्य समिति पदाधिकारी,सदस्य , उपसमिति तथा तमाम सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

IMG_1561कार्यक्रममा अध्यक्ष उमापति भुसालले बिपत्ति नदोहोरियोस् तर परोपकारी भावना सधैं रहोस् भन्दै राहत संकलनमा लागिपर्नु हुने सहकर्मी तथा व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो र उहाँले राहत रकम भरपर्दो माध्यम बाट सकेसम्म छिटो पठाउने प्रतिज्ञा समेत गर्नु भयो ।

IMG_1560

IMG_1564

 

 

 

प्रतिक्रिया