प्रधानमन्त्री कार्यालय सार्ने तयारी
काठमाडौं, ३० वैशाख । भूकम्पका कारण क्षति पुगेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय सार्न गृहकार्य भइरहेको छ ।
सिंहदरवारभित्रकै कुनै भवनमा कार्यालय सार्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।
“सिंहदरवारभित्रकै भवनमध्ये कुन भवन उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भइरहेको छ, हाल पुर्ववतः कार्यालयको केही कोठा र परिषरबाट कार्यसञ्चालन भइरहेको छ ।” उहाँले रासससँग भन्नुभयो ।
खतराको सूचीमा रहेका ती दुई कार्यालय सार्न आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र सम्बन्धित निकायका अधिकारीबीच आज परामर्श भएको थियो ।
अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवन सबैभन्दा उपयुक्त हुने सुझाव आएको बुझिएपनि ठोस निर्णय भइसकेको छैन । त्यसबाहेक नयाँ बानेश्वरमा रहेको संविधानसभा भवनसँगैको लगानी बोर्डको कार्यालय भवन, बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासलगायत विभिन्न भवनका बारेमा पनि सुझाव आएको छ ।
साथै खतरापूर्ण भवनमा रहेका सिंहदरवारभित्रका अन्य कार्यालय पनि सुरक्षित भवनमा सार्ने तयारी भइरहेको छ ।
सिंहदरवारस्थित रक्षा मन्त्रालय यसअघि नै राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय पुतली बगैँचा सिंहदरवारमा रहेको भवनमा सरिसकेको छ । मन्त्रालयका सचिव इश्वरीप्रसाद पौडेलका अनुसार पूर्ववत कार्यालय क्षतिग्रस्त भएकाले नयाँ कार्यालय परिषरबाट सञ्चालन भइरहेको हो ।
परराष्ट्र मन्त्रालय त्रिपालबाट कार्यसञ्चालन गर्दै
सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पनि क्षति पुगेकाले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले मन्त्रालयका प्राङ्गणमा रहेको त्रिपालबाट अस्थायी कार्यालय सञ्चालन गर्नुभएको छ ।
मन्त्री पाण्डेले आफ्नो कार्यकक्ष बस्न अयोग्य नभएपनि हालका लागि प्राकृतिक वातावरणसहित परिषरमा रहेर काम गरेको बताउनुभयो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया