संसद् अधिवेशन सकियो
काठमाडौँ, ३० वैशाख । भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माण तथा पीडितलाई सहयोग गर्नेलगायत २७ बुँदे सङ्कल्प प्रस्ताव पारित गर्दै संसद् अधिवेशन समाप्त भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा दिइएको जानकारीअनुसार आज राति १० बजेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य हुनेछ ।
व्यवस्थापिका–संसद्का अध्यक्ष सुवास नेम्वाङकाअनुसार १७ घण्टा २५ मिनेट उपयोग भएको अधिवेशनले भूकम्प प्रभावित क्षेत्रका प्रभावित जनतालाई राहत, उद्धार तथा पुनःनिर्माणसम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरेको छ ।
बैठकले प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, अग्निप्रसाद खरेल र गिरिराजमणि पोखरेल प्रस्तावक रहनुभएको र २६ जना सभासद् समर्थक सदस्य रहनु भएको भूकम्प पीडितको राहत, उद्धार, पुनःनिर्माणसम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरेको हो ।
अधिवेशनले सिम्रौनगढ घटना छानबिन संसदीय विशेष समिति, संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।
अधिवेशनले विसं २०६४ सालको संविधानसभाका सदस्य चक्रबहादुर ठकुरी र भूकम्पमा परी ज्यान गुमाएका नागरिकलाई श्रद्धाञ्जली व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित ग¥यो ।
अधिवेशनका क्रममा यही वैशाख १२ गतेको भूकम्पमा भएको व्यापक जनधनको क्षतिका बारेमा प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुभएको थियो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया