भूकम्प पिडित सिद्धिवासीलाई सहयोग

इनेप्लिज २०७२ वैशाख ३० गते १४:४५ मा प्रकाशित

 

20150513_111124रत्ननगर–३०, बैसाख

गत बैसाख १२ गते गएको विनासकारी भूकम्पबाट पिडितहरुलाई खाद्यान्न र त्रिपालसहयोग भएको छ । दुरसञ्चार टोलीका संस्था र सक्षम आमा समूह रत्ननगर–८ ले चितवनको

पहाडी गा.वि.स. सिद्धिका ८० घरपरिवारलाई भुजा, तोरीको तेल, बिस्कुट, चिउरा, लुगा धुनेसाबुन, दालमोठ, नुन सहयोग गरेका थिए । सो सहयोग सामग्रीहरु दुरसञ्चार टोल विकास

20150513_104057

संस्थाका टोलवासी र आमा समूहको अध्यक्ष पार्वती पौडेल, सचिव दुर्गा बराल, कोषाध्यक्षसम्झना लामिछाने, सदस्यहरु राधा रायमाझी, विन्दु खड्का र प्रमिला पौडेलको

पहलमा सिद्धि गा.वि.स. पुगी सहयोग सामग्री हस्तान्तरण गरिएको दुरसञ्चार टोल विकाससंस्थाका अध्यक्ष कमल बहादुर घिमिरेले जानकारी दिनुभयो । साथै सहयोगको लागि

20150513_104501

लगिएको २० थान त्रिपाल पिडितलाई सहयोग गर्नको लागि सिद्धि गा.वि.स. का सचिव पदमबहादुर भेटवाल र सिद्धि स्वास्थ्य चौकीका इन्चार्ज इन्द्रलाल न्यौपानेलाई जिम्मा

लगाइएको संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी युवा संघनेपालका केन्द्रिय सदस्य एवं पूर्वी चितवनको खैरहनी निवासी प्रदिप डल्लाकोटीले

20150513_114028

भूकम्प पिडित सिद्धिका १ सय ७० घरपरिवारलाई प्रति परिवार १ बोराका दरले चामल हस्तान्तरणगर्नुभएको छ । प्रदिप डल्लाकोटी लगायत डल्लाकोटी परिवारमार्फत करीब २ लाख

20150513_102356

रुपैया बराबरको चामल सहयोग भएको शक्तिखोर गा.वि.स. का निवर्तमान अध्यक्ष गोपीश्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया