उमावि परीक्षा थप अनिश्चित
काठमाडौँ, ३० वैशाख । कक्षा ११ र १२ का वार्षिक परीक्षा पछिल्लो भूकम्पका कारण अनिश्चित भएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगन भएका ती परीक्षा मङ्गलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो ।
यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा विनासकारी भूकम्पका कारण स्थगित भएको थियो भने आगामी जेठ १ गतेका लागि तय भएको कक्षा ११ को परीक्षा पनि स्थगन भएको थियो । जनजीवन क्रमशः सामान्य हुँदै गएको ठानी उच्चमाध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयले सम्भावित परीक्षा केन्द्रको भ्रमण (अध्ययन) गरी चाँडै नयाँ मिति तोक्न सुरक्षा निकायसँग पनि एक चरण छलफल भइसकेको थियो । कार्यालयका उप–नियन्त्रक जयन्ती सत्यालले मङ्गलबारको भूकम्पबाट कति विद्यालयमा क्षति भएको छ भनी पुनः अध्ययन गरेर मात्रै नयाँ मिति तोक्ने विषयमा परीक्षा समितिले निर्णय गर्ने बताउनुभयो । उहाँले आगामी जेठको मसान्तसम्म नयाँ तालिका तोक्नेबारेमा निर्णय हुन सक्ने जानकारी दिनुभयो ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लाका अधिकांश विद्यालय भवनमा क्षति पुगेकाले शिक्षा मन्त्रालयले जेठ १५ सम्म पठनपाठन बन्द गराएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया