शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:५३
वासिङटन डिसी 22:08

नेपालका भुकम्प प्रभावितलाई जेकी च्यानको ७७ लाख

इनेप्लिज २०७२ वैशाख ३० गते १३:४५ मा प्रकाशित

army-heli

काठमाडौ । हलिउड अभिनेता ज्याकी च्यानले नेपाली भुकम्प पीडितका लागि एक लाख सिगापुर डलर सहयोग गरेका छन् । नेपालका भुकम्प पीडितका लागि सिंगापुरमा आइतबार आयोजना गरिएको ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड’ नामक कोष स्थापना कार्यक्रममा सहभागिता जनाउँदै च्यानले करिब ७७ लाख नेपाली रुपैंया सहयोग गरेका हुन् । सिंगापुरमा रहेका नेपाली प्रतिनिधिहरु ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनसँग सम्पर्कमा रहेको र च्यानले व्यक्तिगत रुपमा पनि नेपालमा राहतका सामान पठाउने तयारी गरिरहेको च्यानको ब्लग सुपरच्यान ज्याकी च्यानको ब्लगमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया