हराएको अमेरिकी विमान सिंगटीमा भेटियो, सबै सेना सकुल
काठमाडौं, ३० वैशाख । मंगवारदेखि हराएको उमेरिकी सेनाको हेलिकप्टर बुधवार साँझ भेटिएको छ । मंगलबार दिउसो दुई बजेदेखि हराइरहेको उक्त हेलिकप्टर नेपाल विद्युत प्राधिकरणको दोलखा स्थित निर्माणाधीन सिंगटी सबस्टेसनमा भेटिएको हो । उक्त हेलिकप्टर भूकम्प पीडित क्षेत्रमा राहत वितरणका लागि प्रयोग गरिएको थियो । लामो समयसम्म सम्पर्क वाहिर रहेपछि उक्त हेलिकप्टरको खोजी कार्यलाई सरकारले तिब्रता दिएको थियो । उक्त हेलिकप्टर सिंगटी सब स्टेशनको कम्पाउण्ड भित्रै सुरक्षित रुपमा अवतरण गरेको सरकारले जनाएको छ । उक्त हेलिकप्टरमा रहेका ६ अमेरिकी र २ नेपाली सैनिक सकुसल रहेको पनि सरकारले बताएको छ । सिंगटीमा गएको पहिरोको कारण उक्त हेलिकप्टरको उडान गर्न नसकिएको सूचना प्राप्त भएको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले जानकारी दिए । बुधबार दिनभरी नेपाली सेनाको युद्धभैरव गणबाट खटिएको सेनाको विशेष उद्दार टोली तथा अमेरिकी सेनाको विशेष विमानले बुधबार साँझसम्मै हेलिकप्टरको खोजीकार्य गरिरहेको थियो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया