अभावका चोटहरू
इनेप्लिज
२०७२ वैशाख ३० गते १२:४९ मा प्रकाशित
आफन्त गुमाउनेको आँखामा
बेदनाका थोपा थोपा चुहिरहे
मनमा अभावका चोटहरू
अन्योलका प्रश्नचिन्ह बल्झिरहे
तर आखिर सम्हालिनु नै छ
जीवनको अस्तित्वको यात्रामा
भूकम्पको दु:खाइले थाकेपनि
आशा थप्दै झिल्काको मात्रामा
माया मोहको यो संसार
जन्मेपछि सुखदु:ख हुन्छ नै
मान्छेले गरे मान्छेको सहयोग
जीवनले जिउने उर्जा बुन्छ नै
अर्काको पीडा आफ्नै ठानि
फैलाउ ह्रदयका ति हातहरू
चोटि चोटि हौसला बढाउदै
अलि अलि हटाउदै आघातहरू
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया