नेपाललाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस प्रदान गर्न व्हाइट हाउस सकारात्मक

इनेप्लिज २०७२ वैशाख ३० गते १२:२४ मा प्रकाशित

nepalimrp३० वैशाख । नेपाल सरकारले अमेरिकी भूमि र संसारका विभिन्न मुलुकमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले दोस्रो प्रलयकारी महाभूकम्प गए लगत्तै मंगलबार साँझ वाशिंगटन डिसीस्थित नेपाली दूताबास र अन्य मुलुकमा रहेको नेपाली दुतावासलाई पत्राचार गर्दै अमेरिकी भूमि र संसारका विभिन्न मुलुकमा शरण लिएर बसोबास गरिरहेका नेपाली र तिनका परिवारजनलाई अबिलम्ब राहदानी उपलब्ध गराउन पत्र मार्फत निर्देशन दिएको हो । यस अघि शरण लिएर संसारका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपाली र तिनका परिवारजनलाई नेपाल जान अत्यावश्यक राहदानी वितरणमा नेपालस्थित परराष्ट्र मन्त्रालयले रोक लगाउदै आएको । वाशिंगटन डिसीस्थित नेपाली दूताबासले नेपालस्थित परराष्ट्र मन्त्रालयले अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउने निर्णय गरेको पुष्टि गरेको छ ।

वाशिंगटन डिसीस्थित नेपाली दूताबासका अनुसार तत्काल नेपाल जान चाहनेहरुका लागि हस्त लिखित राहदानी र अन्यका हकमा मेसिन रिडेबल राहदानी (एमआरपी) निर्माण प्रक्रिया अबिलम्ब सुरु गरिने जनाएको छ । दूताबासका अनुसार अमेरिकाको इष्ट कोष्ट क्षेत्रको लागि वाशिंगटन डिसीस्थित नेपाली दूताबास, न्यूयोर्कस्थित नेपाली नियोगमा रहेको कन्सुलेटको कार्यालय मार्फत र पश्चिम क्षेत्रको लागि क्यालिफोर्नियाको लागि लस एन्जलसस्थित स्थानिय वाणिज्यदूत ऋषि ढकाल मार्फत र अन्य भागको लागि घुम्ती शिबिर मार्फत हस्त लिखित राहदानी र मेसिन रिडेबल राहदानी (एमआरपी) निर्माण प्रक्रिया सुरु गरिने छ । यसै बीच अमेरिकी सरकारले यस अघि प्राकृतिक बिपतमा परेको मुलुकहरुलाई प्रदान गर्दै आएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था माग गरिरहेका हैसियत र कागज पत्र बिना अमेरिकी भूमिमा बासोबास गरिरहेका नेपालीहरुलाई यो सुबिधा प्रदान गर्ने भएको छ । मंगलबार नेपालमा गएको दोस्रो प्रलयकारी महाभूकम्प लगत्तै सोहि साँझ नेपालस्थित अमेरिकी राजदुत पिटर बोडिले अमेरिकी सरकारलाई गरेको पछिल्लो आग्रह पछि व्हाइट हाउस हैसियत र कागज पत्र बिना अमेरिकी भूमिमा बासोबास गरिरहेका नेपालीहरुलाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था प्रदान गर्ने तयारीमा जुटेको हो ।

अमेरिकी भूमिमा बस्ने ठुलो संख्याको हैसियत र कागज पत्र बिहिन नेपालीहरुका परिवार समेत दुई साता अघि गएको प्रलयकारी महाभूकम्प र मंगलबार गएको दोस्रो त्राशदीपूर्ण महाभूकम्पले प्रभावित देशबासी र आफन्तको राहत र उद्धारमा सहभागी हुन इच्छुक हुँदै यस अघि व्हाइट हाउसको ध्यान आकृष्ट गरि टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अबिलम्ब कार्वान्यन गराउने हस्ताक्षर अभियानमा जुटेका थिए । यद्यपि यो समाचार तयार गरुन्जेलसम्म व्हाइट हाउस प्रसाशनले अमेरिकी भूमिमा बासोबास गरिरहेका हैसियत र कागज पत्र बिहिन नेपालीहरुलाई टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अर्थात् अस्थाई संरक्षणको अवस्था प्रदान गर्ने निर्णय गरिसकेको छैन ।

निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले गरे सरकारी निर्णयको स्वागत:

स्मरण रहोस यस अघि गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका र संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउन यस अघिनै नेपाल भ्रमण गरी प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्र मन्त्रालयको ध्यान आकृष्ट गर्दै दवाव मूलक अभियान सुरु गरेका थिए । जिसीले अमेरिका भ्रमणमा रहेका बेला प्रधानमन्त्री सुशील कोइरालालाई पुन: अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउन आग्रह गर्दा सरकारले अबिलम्ब अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउने सरकारी प्रतिबद्धता प्राप्त भएको भए पनि सरकारले यस बिषयमा कुनै निर्णय गरेको थिएन । यसै बीच संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले मातृभूमिको यो विपतको घडीमा अमेरिकी भूमिमा शरण लिएर बसोबास गरिरहेका सबै हैसियतका नेपाली र तिनका परिवारजनलाई तत्काल राहदानी उपलब्ध गराउने सरकारी निर्णयको स्वागत गर्दै नेपाली अमेरिकनलाई मातृभूमिको बिपतमा राहतको हात अघि बढाउन आग्रह गरेका छन् । संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले व्हाइट हाउसको ध्यान आकृष्ट गरि नेपाललाई यो विपतको घडीमा टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) अबिलम्ब प्रदान गरन समेत आग्रह गरेका छन् ।

TPS

प्रतिक्रिया