प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीच राहतबारे वार्ता
काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच भूकम्पपीडितलाई सहजरुपमा राहत वितरण गर्ने विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा भूकम्पप्रभावित विभिन्न जिल्लामा सहजरुपमा राहत वितरण हुन नसकेको र दुर्गमका जनताले अझै पनि सहजरुपमा राहत पाउन नसकेको भन्ने गुनासो आएपछि त्यसलाई व्यवस्थित बनाउने विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री कोइराला र प्रमुख प्रतिपक्षी दलका नेताका बीचमा सहजरुपमा राहत वितरण तथा मनसुनअगावै भूकम्प प्रभावितलाई जस्तापाता प्रदान गरेर अस्थायी बसोबासको व्यवस्था गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
स्वदेश तथा विदेशबाट उल्लेख्य मात्रामा त्रिपाललगायतका राहत सामग्री प्राप्त भए पनि पीडितले नपाएको भन्ने गुनासो आएपछि त्यसलाई सहज र सरल रुपमा प्रदान गर्ने वातावरण बनाउन अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालालाई आग्रह गर्नुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
सो अवसरमा सहजरुपमा राहत वितरण गर्ने, घाइतेको उपचारमा विशेष ध्यान दिने र मनसुनअगावै अस्थायी बसोबासका लागि सबैखालको सहयोग उपलब्ध गराउने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया