बुधबार, साउन २० २०७८
काठमाडौं ०४:४२
वासिङटन डिसी 18:57

भूकम्पका कारण मृतकको सङ्ख्या आठ हजार २१९

इनेप्लिज २०७२ वैशाख ३० गते ९:४९ मा प्रकाशित

bhukampa-300x187काठमाडौँ, ३० वैशाख । गत वैशाख १२ गते र हिजो गएका भूकम्पमा परी आठ हजार २१९ जनाको मुत्यु भएको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १५४ र हिजोको भूकम्पबाट ६५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणअनुसार हिजोसम्म उपचार गराइएका घाइते तथा बिरामीको सङ्ख्या ७६ हजार ६३८ रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया