दुर्घटनामा तीन जनाको मृत्यु

इनेप्लिज २०७२ वैशाख ३० गते ५:५४ मा प्रकाशित

accident-signकावासोती, ३० वैशाख । नवलपरासीको सुनवल–७ ज्यामिरेमा आज माइक्रो बस र टिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ३८७४ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८४७५ नम्बरको टिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । अन्य २४ जना गम्भीर घाइते भएको भएका छन् ।

गम्भीर घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको सुनवलका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ । घटनामा परी मृत्यु हुनेको अझै पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया