मृतकको सङ्ख्या ६५ पुग्यो

इनेप्लिज २०७२ वैशाख ३० गते ५:२५ मा प्रकाशित

vukampa1काठमाडौँ, ३० वैशाख । मङ्गलबार दिउँसो गएको शक्तिशाली पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भूकम्पबाट एक हजार ९२६ जना घाइते भएका छन् ।

भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।

यसअघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी आठ हजार १५१ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया